श्रावण १५, २०८३ शुक्रबार July 31, 2026

बानिका र प्रवेशको ‘अचार तिलैको‘ म्यूजिक भिडियो सार्वजनिक (भिडियो)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः गायिका बानिका प्रधान र गायक प्रवेश खतिवडाको युगल गीतमा बनाइएको म्यूजिक भिडियो बिहिवार सार्वजनिक भएको छ ।

डिजिटल प्लेटफर्म यूट्युबको ‘थगलाइफ नेपाल’ च्यानलमार्फत म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।

‘अचार तिलैको’ बोलको गीतमा निर्मित भिडियो काभ्रे स्थित तीन पिप्लेमा छायाँकन गरिएको हो ।

म्यूजिक भिडियोमा सुमन बजगाईं र अञ्जना दुवाडीको साथमा सीताराम दाहालको समेत अभिनय रहेको छ ।

शर्मा जी प्यूठानको निर्देशन रहेको म्यूजिक भिडियोको गीतमा शब्द तथा संगीत भुवन सापकोटा र संगीत संयोजन गोपाल रसाइलीको रहेको छ । सो म्यूजिक भिडियोको छाँयाकन तथा सम्पादन गौरव भण्डारीले गरेका हुन् ।

गायिका प्रधानले यसअघि ५० भन्दाबढि गीतमा आवाज दिइ सकेकी छन् भने गायक खतिवडाको यो पहिलो गीत हो । सार्वजनिक भएको अचार तिलैकोबाट खतिवडा बढि आशावादी छन् । न्यूजअभियान

भिडियोमा हेर्नुहोसः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया