कार्तिक ११, २०८३ बुधबार October 28, 2026

कलाकार र प्राविधिकलाई ‘मेरो कथा’ को सम्मान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः युट्यबुमा प्रसारण भइरहेको टेलिफिल्म ‘मेरो कथा’ले ५१ भाग पूरा गरेको छ ।

५१ औं भाग पुरा गरेको अवसर पारेर टेलिफिल्मले शनिबार काठमाडौंमा एक कार्यक्रम गर्दै स्रष्टा सम्मान गरेको छ । कार्यक्रममा सिरियलकी निर्देशक गीता नेपालको जन्मदिन मनाएसँगै आगामी भागमा निर्देशनको जिम्मेवारी रामजी राउतले सम्हाल्ने घोषणा गरियो ।

कार्यक्रममा चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहाल, कलाकार तथा निर्देशक नीर शाह, निर्माता तथा वितरक गोपालकाजी कायस्थ, चलचित्र कलाकार संघ, नेपालका अध्यक्ष रविन्द्र खड्का, निर्देशक शोभित बस्नेत, कलाकार मोहन निरौला, निर्देशक तथा कलाकार उत्तम केसी लगायतको उपस्थिति रहेको थियो ।

टेलिफिलममा रमेश बुढाथोकी, पवन मैनाली, हिउवाला गौतम, प्रिया रिजाल, गीता नेपाल, अशोक धिताल, माधव पण्डित, रिया श्रेष्ठ, सपना श्रेष्ठ, तेजुला खतिवडा, रामजी रावत, जयश्री कार्की, नेवीश्री कार्की, सरोज  दाहाल, सन्दीप कँडेल, अनमिका चौलागाई, अञ्जली तामाङ, रमेश अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ ।

धनेश्वर मिडियाको व्यानरमा निर्माण भएको टेलिसिरियलमा तेजुला खतिवडा र कृष्ण कार्कीको लगानी छ । टेलिफिल्ममा नरहरी प्रेमीको संगीत, नरहरी प्रेमी र अपेक्षा खनालको स्वर, क्यामोदिन मियाको सम्पादन, समीर मियाँको कलर तथा भिएफएक्स र रामेश्वर हुमागाईंको छायांकन रहेको छ । कार्यक्रममा कलाकार तथा प्राविधिकलाई मायाको चिनो र कदर पत्र प्रदान गरिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार