कार्तिक ११, २०८३ बुधबार October 28, 2026

बहुप्रतिक्षित फिल्म ‘आरआरआर’ आजबाट रिलिज हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः भारतीय फिल्ममा निर्देशनको हिसाबले सफल निर्देशक एसएस राजामौलीका सबैभन्दा महँगो र बहुप्रतिक्षित फिल्म ‘आरआरआर’ आजबाट रिलिज हुँदैछ । यो फिल्म दुई भारतीय क्रान्तिकारी अल्लूरी सीताराम राजू र कोमाराम भीमले ब्रिटिस शासन र हैदराबादको निजामविरुद्ध लडेको लडाईंमा आधारित छ ।

फिल्ममा अल्लूरीको भूमिका रामचरण र कोमाराम भीमको भूमिका जूनियर एनटीआरले निभाएका छन् । यी दुईका अलावा फिल्ममा बलिउडमा अजय देवगन र आलिया भट्टले पनि महत्वपूर्ण भूमिका निभाएका छन् ।

५ सय ५० करोडको बजेटमा बनेको यो फिल्म निर्माण गर्न करीब ४ वर्ष लाग्यो । यहाँ यो फिल्मसँग जोडिएका ५ रोचक किस्सालाई प्रस्तुत गरिएको छ-

फिल्मको नाम ‘आरआरआर’ कसरी राखियो ?

सुरुवातमा राजामौलीसँग फिल्मका लागि अलग्गै नाम थियो । त्यसपछि उनलाई कसैले किन दुवै स्टार रामचरण र रामाराव र राजामौलीको नामको पहिलो अक्षरलाई जोडेर नाम नराख्ने भनेर सल्लाह दिए । सोही सल्लाह अनुसार उनीहरुले नाम ‘आरआरआर’ राखे । जब उनीहरुले नाम छनोट गरेर सामाजिक सञ्जालमा राखे, तब सारा विश्व र वितरकले नाम मनपराए । यही कारण यो नामलाई औपचारिक मान्यता दिइयो ।

१८ दिनमा एक स्टेप उत्कृष्ट हुन्थ्यो

निर्माताहरुले हालैमात्र एक डान्स नम्बर सार्वजनिक गरेका थिए, जसलाई २६ मिलियन बढी पटक हेरिएको छ । ‘नाचो नाचो’ गीतका सुटिङ कीवमा गरिएको थियो । यो गीतको स्टेपलाई उत्कृष्ट फर्ममा ल्याउनका लागि दुवै अभिनेताले एक दिनमा १२ घण्टा सुटिङ गर्नु परेको थियो । उनीहरुलाई स्टेप उत्कृष्ट बनाउन १५ देखि १८ दिन लागेको थियो ।

खाली खुट्टा जंगलमा कुदेका एनटीआर

फिल्ममा एक जंगलको सिक्वेन्स देखाउनुपर्ने थियो । राजामौलीले एनटीआरलाई वास्तविक सिक्वेन्सको समयमा ‘सरप्राइज’ नै दिए । एनटीआरले जुत्ता लगाएर यो दृश्यको अभ्यास गरेका थिए । तर इन्ट्रो दृश्यको सुटिङको समयमा क्रिएीटभ पावर हाउस निर्देशकले उनलाई बुल्गेरियाको काँडाले भरिएको जंगलमा नांगो खुट्टाले दौडन निर्देश गरे । यद्यपि जूनियर एनटीआरलाई कुनै चोट लागेन, तर उनको खुट्टा जंगलको काँडा र मसिना ढुंगाले भरिएको थियो ।

आलियाप्रति चिन्ता

यो फिल्मको कास्टिङपछि आलियालाई सेटमा ल्याएपछि एनटी रामा राव जूनियर र रामचरणलाई कसरी नियन्त्रणमा राख्ने भन्ने चिन्ता फिल्म युनिटमा थियो । किनकी दुवै अभिनेताहरु सेटमा धेरै बदमाश काम गर्थे । तर सुटिङका समयमा दुवैले मस्ती गर्दा सेटका माहाेल सकारात्मक बनेको थियो ।

आलियासँग कम बोल्थे रामचरण

आलियाले दुवै अभिनेताविरुद्ध गुनासो गरेकी थिइन् । उनीसँग रामचरण सेटमा निकै कम कुरा गर्थे । जब यो कुरा आलियाले रामचरणलाई भनिन्, तब रामचरणले ‘मलाई लाज लाग्थ्यो, किनकी तपाईं यदि सुन्दर हुनुहुन्छ ।’ भन्ने जवाफ दिएका थिए । न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार