काठमाण्डौंः गायक तथा संगीतकार सर्जु रंजितको सुमधुर स्वरमा रहेको ‘मनको कुरा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
प्रेमिल शैलीको यस गीतमा सुनिता रंजितको शब्द रहेको छ। राजु कार्कीले यस गीतलाई संगीत संयोजन गरेका हुन्।
म्युजिक भिडियोमा पुष्प खड्का र रिमा बिश्वकर्मा बीचको अन्स्क्रिन प्रेम र रोमान्सलाई प्रस्तुत गरिएको छ।
अमर चित्रकारले यस गीतको भिडियोलाई छायाँकन गरेका हुन्। भिडियोमा सुब्रिना चित्रकारको सम्पादन रहेको छ। राजन शाहीको निर्देशनमा भिडियो तयार पारिएको हो।
समिता रंजित श्रेष्ठ निर्मात्री रहेको यस भिडियोलाई हाइलाइट्स नेपालको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो।
गायक रंजितका यसअघि ‘तिम्रो नशालु हेराई, ‘राम कसम’ लगायत दर्जनौ म्युजिक भिडियो सार्वजनिक भैसकेका छन्।
भिडियोले दर्शक सोर्ताबाट सकारत्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ। न्यूजअभियान
भिडियोमा हेर्नुहोसः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया