असार २२, २०८२ आइतबार July 6, 2025

यस्तो छ त्रिविको स्ववियु चुनावी कार्यातालिका

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: त्रिभुवन विश्व विद्यालयले आगामी १४ फागुनमा हुने स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको कार्यतालिका मिति प्रस्ताव  गरेको छ । मंगलबार स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले विद्यार्थी संगठनहरुसँगको संयुक्त बैठकमा उक्त प्रस्ताव राखेको हो  ।

त्रिवि बैठकमा प्रतिपक्ष दल निकट नेविसंघ अनुपस्थित रहेपनि सत्तारूढ अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन, अखिल (छैठौं), नेक्राविसंघ लगायतका विभिन्न विद्यार्थी संगठनहरू सहभागी भएको अनेरास्ववियूका नेता विजय गौतमले बताए ।

त्रिविले आफ्ना आंगिक कलेजमा मात्र नभई सम्बन्धन प्राप्त सबै कलेजमा स्ववियु गराउन अग्रसर हुनुपर्ने विद्यार्थी संगठनले जोड दिएका छन् । उक्त बैठकमा नेविसंघले एक दुई दिनमा आफ्नो प्रतिनिधि पठाउने खबर आएको विद्यार्थी कल्याण तथा खेलकुद महाशाखाका प्रमुख गंगाबहादुर थापाले जानकारी दिएका थिए ।

त्रिविका निमित्त रेक्टर शिवलाल भुषालको अध्यक्षतामा बसेको बैठकमा नेविसंघ र प्रतिवन्धित नेकपा विप्लव निकट अखिल (क्रान्तिकारी) बाहेक सबै विद्यार्थी संगठनको सहभागिता रहेको थियो ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार