असोज ८, २०८३ बिहिबार September 24, 2026

काङ्ग्रेस पार्टीको प्रजापरिषदीय यात्रा अब नरोकिएला- देवप्रकाश त्रिपाठी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काङ्ग्रेस पार्टीको नेतृत्वलाई सुझाव दिनु, तिनको आलोचना या टिप्पणी गर्नु भनेको समयको बर्बादी मात्र भएको जान्दाजान्दै पनि यसपटक केही समय बर्बाद गर्न खोजियो । दशक अघिदेखि पटक–पटक आत्मघाती कदम चाल्दै गरेको काङ्ग्रेस पार्टीको प्रजापरिषदीय यात्रा अब नरोकिएला र, यो यात्राले उसलाई एउटा निश्चित टुङ्गोमा पनि पुऱ्याउला, त्यसप्रति अधिकांश मानिसले चिन्ता लिन छोडेका छन् । काङ्ग्रेसको आत्महत्या प्रयासले ‘सफलता’ पाएको अवस्थामा मुलुकको राष्ट्रियता, प्रजातन्त्र र मौलिक धर्म, संस्कृति एवम् परम्परा रक्षाका निम्ति कस्तो प्रकारको शक्ति कसरी उदय हुन सक्ला भन्नेतर्फको चासो बढ्दै छ ।

जन्मने हरेक वस्तुको ढिलोचाँडो मृत्यु हुने सृष्टिको नियम हो, प्राणी मात्र नभई अस्तित्वले समेत एक न एक दिन रूपान्तरणको नियति व्यहोर्नुपर्ने हुन्छ, रूपान्तरण नै मृत्यु र जीवनको एउटा नियमित प्रक्रिया हो । सात दशकअघि नेपालमा काङ्ग्रेस–कम्युनिस्टको अस्तित्व थिएन, यतिबेला काङ्ग्रेस–कम्युनिस्टको राज चलेको छ । यद्यपि, उनीहरूको सोच, कार्यशैली र व्यवहारले जनस्तरमा काङ्ग्रेस–कम्युनिस्टप्रतिको मोह त्यसरी भङ्ग भइरहेछ जसरी विगतमा पञ्चहरूप्रतिको विश्वास र आस्थाको अन्त्य भएको थियो । कसैको माया, आस्था या विश्वास र भरोसाले सृष्टिको नियम परिवर्तन गर्न किमार्थ सक्नेछैन । मृत्युपूर्व प्राणीको अप्रासाङ्गिकताको चरण शुरु भएझैँ हरेक वस्तु समयाक्रममा आफ्नै कारणले अप्रासङ्गिक बन्न थाल्छन् । फलाममा खिया लाग्नु, मानिस वृद्ध भएर अङ्गप्रत्यङ्गले काम गर्न छोड्नु र राजनीतिक दलविशेषप्रति आस्था र भरोसा टुट्ने परिस्थिति बन्नु एउटै नियमका परिणाम हुन् ।

सन् यात सेनदेखि कोमिन्ताङ पार्टीका नेता चियाङ काई सेकसम्मले पनि आफूबिना चीन सहज ढङ्गले चल्नेमा शङ्का गरेका थिए । माओत्से तुङले त झन् आफूलाई यति सर्वेसर्वा बनाएका थिए कि आफूबिना चीनको दैनिकी नचल्ने मात्र ठान्दैनथे, पृथ्वी नै नघुम्नेस्तरको भ्रममा उनी थिए । छिमेकी मित्रराष्ट्र भारतमा केही वर्षअघिसम्म काङ्ग्रेसबिनाको राज्य कल्पनासम्म गरिँदैनथ्यो । अहिले भाजपाबिनाको भारत चल्न सक्नेमा शङ्का गरिन्छ, तर भविष्यमा तात्कालिक आवश्यकताले अर्कै प्रकारको शक्ति जन्माउन सक्छ भन्ने तथ्यलाई इन्कार गर्न सकिँदैन । राष्ट्रिय आवश्यकताले नयाँ शक्तिको जन्म गराउने र अप्रासङ्गिक पक्षको मृत्यु निश्चित हुने सृष्टिको नियमलाई आधार बनाएर हेर्दा नेपालमा हिजो पञ्चझैँ अहिले काङ्ग्रेस अप्रासङ्गिक हुँदै गएको र क्रान्तिकारी कम्युनिस्टहरू पनि द्रुतगतिमा अप्रासङ्गिक बन्दै गएको अनुभूति जोकोहीले गर्न सक्छ ।

कुनै समय जारशाहीबिना रुस चल्न (जीवित रहन) सक्ने कल्पना गरिँदैनथ्यो । चीनका छिन र मिङ राजतन्त्रको धाक–रवाफले तात्कालिक चिनियाँ समाजलाई आफूहरूबिना चीनको अस्तित्व नरहने सन्देश अवश्य दिएको थियो । सन् यात सेनदेखि कोमिन्ताङ पार्टीका नेता चियाङ काई सेकसम्मले पनि आफूबिना चीन सहज ढङ्गले चल्नेमा शङ्का गरेका थिए । माओत्से तुङले त झन् आफूलाई यति सर्वेसर्वा बनाएका थिए कि आफूबिना चीनको दैनिकी नचल्ने मात्र ठान्दैनथे, पृथ्वी नै नघुम्नेस्तरको भ्रममा उनी थिए । छिमेकी मित्रराष्ट्र भारतमा केही वर्षअघिसम्म काङ्ग्रेसबिनाको राज्य कल्पनासम्म गरिँदैनथ्यो । अहिले भाजपाबिनाको भारत चल्न सक्नेमा शङ्का गरिन्छ, तर भविष्यमा तात्कालिक आवश्यकताले अर्कै प्रकारको शक्ति जन्माउन सक्छ भन्ने तथ्यलाई इन्कार गर्न सकिँदैन । राष्ट्रिय आवश्यकताले नयाँ शक्तिको जन्म गराउने र अप्रासङ्गिक पक्षको मृत्यु निश्चित हुने सृष्टिको नियमलाई आधार बनाएर हेर्दा नेपालमा हिजो पञ्चझैँ अहिले काङ्ग्रेस अप्रासङ्गिक हुँदै गएको र क्रान्तिकारी कम्युनिस्टहरू पनि द्रुतगतिमा अप्रासङ्गिक बन्दै गएको अनुभूति जोकोहीले गर्न सक्छ ।

परिवारमा मियो बनेर बसेका पिता भूमिकाका व्यक्ति आँखा देख्न नसक्ने, कान नसुन्ने, कुरा नबुझ्ने, आवश्यकता पूरा गर्न नसक्ने, परिवारका सदस्यहरूको भावना बुझ्न नखोज्ने बरु आफ्नै कुरामा ढिपी गरिरहने, आफूलाई जे मन लाग्छ त्यही गर्ने र लौरोको सहाराबिना हिँडडुल गर्नसमेत नसक्ने अवस्थामा पुगेपछि जसरी अप्रासङ्गिक बन्छन् त्यस्तै हो देशको जीवनमा राजनीतिक दलहरूको भूमिका पनि । काङ्ग्रेसका नेताहरू यति आत्मकेन्द्रित भएका छन् कि उनीहरू आफ्नोबाहेक कसैको चिन्ता गर्दैनन् । सभापति भूमिकाका शेरबहादुर देउवाका निम्ति आफ्नी आरजु र आफ्नो जयवीरजति महत्वपूर्ण यो देश र देशवासीहरू भएको पुष्टि उहाँको सोच–व्यवहारले गर्दैन, काङ्ग्रेसका सम्पूर्ण कार्यकर्ताभन्दा आफ्नी एउटी सासू ज्यादा महत्वपूर्ण भएको ठहर त देउवाजीले धेरै पहिले नै गरिसक्नुभएको हो । यस मामिलामा रामचन्द्र पौडेल र अन्य कतिपय नेता पनि देउवाभन्दा भिन्न रहेको भने ठान्नुहुँदैन ।

प्राणबिनाको शरीर एउटा भ्रम हो र राजनीतिक दलहरूको प्राण भन्नाले तिनको विचार, दर्शन र सिद्धान्तलाई बुझ्नुपर्दछ । गिरिजाप्रसाद कोइरालाले आफूलाई बचाउन काङ्ग्रेसको प्राण झिकिदिए । सक्ने जति काङ्ग्रेसको भोगचलन गरेर गिरिजाप्रसादले छोडेको काङ्ग्रेसको भोग अहिले शेरबहादुर देउवा गर्दै हुनुहुन्छ । गिरिजाप्रसादले कम्युनिस्टसँग विचारको सम्झौता गरेका थिए, शेरबहादुरजी कार्य–व्यवहारमा सम्झौता गर्दै हुनुहुन्छ । एक समय काङ्ग्रेस विचार र सिद्धान्तनिष्ट राजनीतिक दल थियो भने पनि अब रहेन, मूल नेताको बिर्ताजस्तो काङ्ग्रेस र कार्यकर्ताचाहिँ नेतृत्वको हरुवा–चरुवाजस्तो हुन पुगेको छ । कुनै समय काङ्ग्रेसलाई बहुदलीय संसदीय प्रजातन्त्र पक्षधर, राष्ट्रियता, संवैधानिक राजसंस्था र मौलिक धर्म–संस्कृतिको संरक्षक तथा समाजवादी आर्थिक कार्यक्रमप्रति प्रतिबद्ध राजनीतिक शक्तिका रूपमा बुझिन्थ्यो, अहिले त्यस रूपमा बुझ्न सकिँदैन र बुझ्नुहुँदैन पनि ।

अहिलेको काङ्ग्रेस जालीनोटजस्तै हो, थाहा नपाउनेहरूका निम्ति नगद, सचेत मानिसका लागि कागजको खोस्टो ! सक्कली र नक्कली नोटको पहिचान गर्न पनि विशेष चेतको अपरिहार्यता रहन्छ, काङ्ग्रेसका नाममा गोलबद्ध भएका अधिकांशले आफूमा मौलिक काङ्ग्रेस चेत भएको पुष्टि गर्न सकेका छैनन्, बरु यो या त्यो नेताको सेवक भूमिकाका उम्दा कारिन्दाजस्तो देखिएका छन् ।

अहिलेको काङ्ग्रेस जालीनोटजस्तै हो, थाहा नपाउनेहरूका निम्ति नगद, सचेत मानिसका लागि कागजको खोस्टो ! सक्कली र नक्कली नोटको पहिचान गर्न पनि विशेष चेतको अपरिहार्यता रहन्छ, काङ्ग्रेसका नाममा गोलबद्ध भएका अधिकांशले आफूमा मौलिक काङ्ग्रेस चेत भएको पुष्टि गर्न सकेका छैनन्, बरु यो या त्यो नेताको सेवक भूमिकाका उम्दा कारिन्दाजस्तो देखिएका छन् । हिजोसम्म हिँडिरहेको, बोलिरहेको र आफूसँग प्रेम, घृणा या सन्तुलित सम्बन्धमा रहेको मानिस अचानक मरेको विश्वास गर्न जिउँदाहरूलाई मुस्किल परेजस्तै देउवा नेतृत्वको काङ्ग्रेस नीति, विचार र व्यवहारबाट च्यूत भइसकेको यथार्थ स्वीकार गर्न रागीहरूलाई कठिन भइरहेछ । इतिहासको एउटा कालखण्डमा काङ्ग्रेस एउटा विचार र आस्था थियो भने पनि अहिले नेपाल कम्युनिस्ट पार्टीको शाखा कार्यालयभन्दा भिन्न हैसियतमा काङ्ग्रेसलाई बुझ्न छोडिएको छ । यो यथार्थ बुझ्न नसक्नेहरूका निम्ति माओवादीसँग देउवाको गठबन्धन अस्वाभाविक भएको हुन सक्छ ।

प्रचण्डकी छोरीलाई मत नदिने काङ्ग्रेसजनलाई पार्टीबाट निष्कासनको चेतावनी दिएको घटनादेखि अग्नि सापकोटालाई निर्विरोध सभामुख बन्न सहयोग पुऱ्याएको घटनासम्म विवेचना गर्दा काङ्ग्रेस कम्युनिस्ट पार्टीको विशेष शाखा कार्यालयमा रूपान्तरण भएको पुष्टि हुन्छ । काङ्ग्रेसका नेताहरू केवल कम्युनिस्टको विपक्षमा आफ्नो अस्तित्व रक्षा गर्ने लुच्छयाइँ गर्दै छन्, आफ्नो पक्षमा उभिएर भविष्य खोज्ने इच्छाशक्ति र इमानदारी काङ्ग्रेस नेतृत्वले गुमाइसकेको छ । यदि नेतृत्वमा लेस मात्र पनि विवेक हुन्थ्यो भने माओवादी हिंसापीडित हजारौँ कार्यकर्ता–समर्थकहरूको भावनामा गम्भीर चोट पुऱ्याउँदै हत्याआरोपी अग्नि सापकोटाको पक्षमा देउवा उभिन सक्नुहुन्नथ्यो ।

आफ्ना केही खास मानिसलाई ‘संवैधानिक जागिर’ प्राप्त हुने र प्रिय सासूजीलाई जापानको राजदूतमा पूर्ण कार्यकाल रहन दिनेजस्ता प्रलोभनमा देउवाले एकपटक फेरि आत्मघाती निर्णय लिनुभयो । अग्निको विपक्षमा उम्मेदवार खडा गर्ने निर्णय लिइएको भए त्यो काङ्ग्रेस र माओवादी हिंसापीडित देशवासीहरूका निम्ति राहत या खुशीको विषय हुन सक्थ्यो । अग्निविरुद्ध खडा भएर काङ्ग्रेसले प्रतिनिधिसभामा सभामुख प्राप्त गर्न नसके पनि हिंसा, अशान्ति, आपराधिक प्रवृत्ति, निरङ्कुशता र अराजकताविरुद्धको राजनीतिक विजय काङ्ग्रेसलाई मिल्न सक्थ्यो । सभामुखदेखि सांसद र वडा सदस्यदेखि पालिका प्रमुखसम्मको निर्वाचनमा विपरीत मति र विचारका पक्षधरलाई समर्थन गर्नुपर्ने हो भने प्रश्न उठ्छ– ‘काङ्ग्रेस नाममा बेग्लै पार्टीको पसल सञ्चालन गर्ने किन ?’ पार्टीको भविष्यभन्दा आफ्नो एक दराज स्वार्थलाई प्राथमिकता दिने र हजारौँ कार्यकर्ताभन्दा एक थान परिवारलाई महत्व दिने हो भने त्यस्ता मानिसलाई नेता मान्ने किन ? त्यस्ता नेता भएको समूहबाट देशको भविष्य सुरक्षित रहन्छ भन्ने ठान्नु किन ?

आफ्ना केही खास मानिसलाई ‘संवैधानिक जागिर’ प्राप्त हुने र प्रिय सासूजीलाई जापानको राजदूतमा पूर्ण कार्यकाल रहन दिनेजस्ता प्रलोभनमा देउवाले एकपटक फेरि आत्मघाती निर्णय लिनुभयो । अग्निको विपक्षमा उम्मेदवार खडा गर्ने निर्णय लिइएको भए त्यो काङ्ग्रेस र माओवादी हिंसापीडित देशवासीहरूका निम्ति राहत या खुशीको विषय हुन सक्थ्यो ।

२०६२ मा बाह्रबुँदे सम्झौता गर्नु काङ्ग्रेसको कम्युनिस्टीकरणको पहिलो पाइला थियो, त्यस घटनालाई आत्मदाहको प्रारम्भका रूपमा लिन सकिन्छ । कहिल्यै चुनाव नलडेका ठेट्नाहरूलाई प्रतिनिधिसभाको दोस्रो ठूलो शक्तिको हैसियत मिल्ने गरी मनोनयन गरिनु अर्को महागल्ती थियो । २०६३ को असार २ गते माओवादीसँग आठबुँदे सम्झौता गर्नु काङ्ग्रेसको तेस्रो आत्मघाती कदम थियो । बृहत् शान्ति सम्झौताका नाममा माओवादीका सम्पूर्ण सर्त र सिद्धान्तलाई स्वीकार गर्नु काङ्ग्रेसको चौथो महागल्ती थियो । देशको एकता र अर्थतन्त्रलाई दूरगामी क्षति पुऱ्याउने सङ्घीयता, नेपाल र नेपालीको मौलिक पहिचान नामेट गर्ने उद्देश्यबाट ल्याइएको धर्मनिरपेक्षता र नेपाली जनताबीच कायम सद्भाव, एकता एवम् विश्वासको स्थिति भङ्ग गरी परस्पर आशङ्का र अविश्वासको खाडल गहिरो एवम् दिगो बनाउन लादिएको जातीयतामा आधारित आरक्षणको अवधारणा मञ्जुर गर्नु काङ्ग्रेसको पाँचौँ आत्मघाती चाल थियो ।

गत स्थानीय निर्वाचनमा माओवादीसँग गठबन्धन गर्नु काङ्ग्रेसको छैटौँ गल्ती थियो भने भरतपुरजस्तो रणनीतिक महत्वको ठाउँ सुम्पनु सातौँ गलत निर्णय थियो । विपक्षी भूमिकामा रुग्ण मानिएको काङ्ग्रेसले प्रतिनिधिसभाको सभामुखमा आफ्नै उम्मेदवार खडा नगरेर हत्याआरोपी ‘माओवादी’लाई समर्थन गर्नु आठौँ आत्मघाती निर्णय हो । यसप्रकारका गल्ती कुनै नयाँ पार्टीले गरेको हुन्थ्यो भने अहिलेसम्म त्यस्तो पार्टीको कतिऔँ श्रद्धा दिवस सम्पन्न भइसक्ने थियो । पुरानो ऐतिहासिक पार्टी भएकोले मात्र प्राणविहीन भएर पनि काङ्ग्रेसको प्राविधिक अस्तित्व कायम रहन सकेको छ । विचारको वहाली नहुने र महागल्तीहरू यसरी नै चाङ लाग्दै जाने हो भने काङ्ग्रेस पार्टीको ‘प्रजापरिषदीय यात्रा’ चाँडै नै टुङ्गिनेमा शङ्का गरिरहनुपर्ने छैन ।

फ्रेन्च उपनिवेशविरुद्ध लडेर भियतनाममा आफ्नो वर्चस्व बनाउन सक्ने नेसनल पार्टी अफ भियतनाम र नेसनल सोसल डेमोक्रेटिक पार्टी कम्युनिस्ट पार्टीले सत्ता हात लगाएपछि नामेट भएको, चीनको शक्तिशाली कोमिन्ताङ पार्टी इतिहासको पानामा सीमित हुनुमा कम्युनिस्टसँगको सम्झौता र सहकार्य नै निर्णायक कारण बनेको उक्त पार्टीका प्रमुख नेता चियाङ काइसेकले आफ्नो आत्मसंस्मरणमा उल्लेख गरेका छन् । संसारमा सर्पसँग मित्रता र माओवादीसँग सम्झौता–सहकार्य गर्नेले आफ्नो जीवनरक्षा गर्न सकेको एउटै दृष्टान्त स्थापित छैन । नेपाली काङ्ग्रेसको नेतृत्व पनि आफूलाई इतिहासको पानामा सीमित गर्नेतर्फको यात्रामा निकै अघि बढिसकेको छ । ज्यानप्याराहरू ‘आरजु महारानी कि जय, युवराज जयवीर कि जय’ नारा लगाउन तम्तयार देखिँदै छन् । घटना र बिचार साप्ताहिकबाट ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट
२०८३ असोज ८, बिहिबार
अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
२०८३ असोज ८, बिहिबार
विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार
२०८३ असोज ८, बिहिबार
तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह
२०८३ असोज ८, बिहिबार
कांग्रेस महाधिवेशनः ६६ जिल्लाका ६३० जिल्लाका ६३० पालिकामा निर्वाचन सम्पन्न
२०८३ असोज ८, बिहिबार
यी हुन् एमाले केन्द्रीय कमिटी बैठकका २२ निर्णय : विद्या भण्डारी वरिष्ठ नेता, २७ जना मनोनीत
२०८३ असोज ८, बिहिबार
काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि
२०८३ असोज ८, बिहिबार