असार २२, २०८२ आइतबार July 6, 2025

छोरी मात्र जन्माए १२ कक्षासम्म निशुल्क

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गोरखा । अजिरकोट गाउँपालिकामा एक वा दुई छोरी मात्र पाएर स्थायी बन्ध्याकरण गरेका दम्पत्तिका दुवै छोरीहरुले ११ र १२ कक्षा निशुल्क पढ्न पाउने भएका छन् । चालु आर्थिक वर्षबाट गाउँपालिकाले उनीहरुलाई ११ र १२ को शिक्षाका लागि छात्रवृत्ति उपलब्ध गराउने भएको हो ।

‘छोरी भए पुगेसरी निशुल्क शिक्षा’ कार्यक्रम अन्तर्गत छात्रवृत्ति उपलब्ध गराइने गाउँपालिकाका सूचना अधिकारी सुरेश दवाडीले बताएका छन । ‘यो वर्ष कार्यक्रम ल्याएका हौं,’ उनले भने, ‘अहिलेलाई एक लाख रुपैयाँ रकम छुट्याइएको छ ।
रकम अपुग भए हिउँदे अधिवेशनबाट पास गराएर रकम थप गर्न सकिने उनले बताएका छन । उनका अनुसार नेपालभर जुनसुकै शैक्षिक संस्थामा अध्ययन गरे पनि छात्रवृत्ति उपलब्ध गराइने छ । ‘जुन फ्याकल्टी पढे पनि हुन्छ, जहाँको कलेज पढे पनि हुन्छ, हामी पढ्दा लाग्ने शुल्क तिरिदिन्छौ,’ उनले भने ।

छात्रवृत्तिका लागि निवेदन संकलनको काम भइरहेको उनले बताएका छन । हालसम्म सात वटा निवदेन परेको उनले जानकारी दिएका छन । ‘दुइ वा एक छोरी मात्र पाएर स्थायी बन्ध्याकरण गरेका दम्पतिका छोरीहरु कक्षा ११ र १२ मा पढ्दै छन् भने गाउँपालिका कार्यालयको शिक्षा शाखामा आएर उहाँहरुले निवदेन दिन सक्नुहुनेछ, सामाजिक विकास समितिले आएको निवदेनमाथि छानविन गरी छात्रवृत्तिका लागि स्वीकृत गर्छ अनि छात्रवृत्ति उपलब्ध हुन्छ,’ दवाडीले भने ।

जनसंख्या वृद्धिदर न्यूनिकरणका लागि उक्त कार्यक्रम ल्याएको उनले बताए । ‘छोराको आशमा धेरै सन्तान जन्माउने, अनि छोरा नै चाहिन्छ भन्ने मानसिकता कम गर्न पनि यो कार्यक्रम ल्याएका हौं,’ उनले भने ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार