श्रावण १६, २०८३ शनिबार August 1, 2026

गीतकार गोपाल लोहारको ‘तिम्रै नाम होस्’ म्युजिक भिडियोमा राजेश र केकीको रोमान्स (भिडियो सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः अमेरिकाको ओहायो शहर निवासी गीतकार गोपाल लोहारले नयाँ साङ्गीतिक सौगात ‘तिम्रै नाम होस्’ सार्वजनिक गर्नुभएको छ ।

यस गीतलाई वरिष्ठ सङ्गीतकार वसन्त सापकोटाले सङ्गीतबद्ध गर्नुभएको हो । गीतलाई सञ्जीव बराइलीले सङ्गीत संयोजन गर्नुभएको हो ।

गीतमा लोकप्रिय गायक राजेश पायल राई र चर्चित गायिका अस्मिता अधिकारीको सुमधुर स्वर सुन्न सकिन्छ ।

म्युजिक भिडियोमा गायक राई र नायिका केकी अधिकारीको अभिनय रहेको छ । सुदीप बरालले छायाङ्कन गरेको भिडियोलाई अर्जुन जिसीले सम्पादन गर्नुभएको हो ।

‘फूल सरी फुले पनि हो, काँडा सरी बिझे पनि हो, जिन्दगी यो मेरो तिम्रै लागि हो’, ‘यो मायाले ढाके पनि हो, पिरती यो मेरो तिम्रै लागि हो’, ‘तिमी मेरो सपना हौँ, तिमी मेरो चाहना हौँ’, ‘तिमी मेरो आँखामा छौँ, जिन्दगी यो मेरो तिम्रै नाम होस्’ लगायत बोलका गीत म्युजिक भिडियोमा समावेश गरिएको छ ।

भीमा लोहार निर्मात्री रहेको भिडियोलाई कविराज गहतराजको निर्देशनमा तयार पारिएको हो । गोलो प्रोडक्शनको आधिकारिक च्यानलमार्फत भिडियो सार्वजनिक भएको हो ।

यसअघि गीतकार लोहारको शब्दमा समावेश ‘किन मायामा’, ‘एकै छिन’, ‘राधा पियारी’ लगायत दर्जनौँ म्युजिक भिडियो साङ्गीतिक बजारमा सार्वजनिक भइसकेका छन् । रासस

भिडियोमा हेर्नुहोसः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मध्यपूर्वमा रहेका सबै अमेरिकीलाई मध्यपूर्वबाट ‘प्रस्थान गर्ने सोच बनाउन’ दूतावासहरूद्वारा आग्रह
२०८३ श्रावण १६, शनिबार
विपद्का बेला भावनाले मात्र काम गर्ने होइन, सीप र क्षमता चाहिन्छ: सभापति थापा
२०८३ श्रावण १६, शनिबार
करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा
२०८३ श्रावण १६, शनिबार
रोमको पानी मुनीको शहरको अस्तित्व खतरामा, पर्यटकलाई हुन सक्छ निषेध
२०८३ श्रावण १६, शनिबार
प्रधानमन्त्री शाहद्वारा ‘ब्रोड पिक’ दुर्घटनामा ज्यान गुमाएका आरोहीप्रति श्रद्धाञ्जली व्यक्त
२०८३ श्रावण १६, शनिबार
सहकारी ठगीको मुद्दा हेर्न ‘समर्पित इजलास’ गठन गर्न अनुरोध
२०८३ श्रावण १६, शनिबार
कीर्तिमानी पर्वतारोही पुर्जाको निधन
२०८३ श्रावण १६, शनिबार