काठमाडौंः गायक ठाकुर गौचन र गायिका शान्ती श्री परियारको स्वरमा रहेको लोक तथा दोहोरी गीत ‘हे कालु’ ओ एस आर डिजिटल मार्फत सार्वजनिक गरिएको छ ।
सार्वजनिक ‘हे कालु’ बोलको गीतमा ठाकुर गौचनको शब्द र शुभराम भारीको संगीत रहेको छ । गीतमा मौलिक पनलाई आभाष दिने किसिमबाट प्रस्तुत गरिएको छ ।
पुस्कर बिबेक थापाले निर्देशन गरेको भिडियोमा कारण चैसिरको छायांकन,अमृत चापागाईंको सम्पादन रहेको छ।
भिडियोमा ठाकुर गौचन,करिश्मा ढकाल,अमर थापा,पुस्कर बिबेक थापा र गणेश नेपालीको अभिनय रहेको छ ।
भिडियोमा हेर्नुहोसः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया