कार्तिक ११, २०८३ बुधबार October 28, 2026

किशोर चाम्लिङको ‘सोमबारे हाटैमा’ सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः गीतकार किशोर चाम्लिङ ‘सोमबारे हाटैमा’ गीत लिएर दर्शकमाझ आएका छन् । पूर्वेली लोक भाकामा गाइएको ‘सोमबारे हाटैमा’ गीतमा सुनिता थेगिम र रत्न राईको स्वर रहेको छ । उक्त गीत शनिबार टाइमलाइन टिभीमार्फत दर्शकमाझ सार्वजनिक गरिएको हो ।

गीतमा प्रेमजोडीको प्रेमालापबारे गीतकार चाम्लिङले शब्दमार्फत उतारेका छन् । गीतमा केटा र केटीको भेटघाट र त्यसपछि बसेको गहिरो मायाप्रेमलाई गीतकारले फूल उनेर माला बनाइदिएका छन् ।

गीतको सुरु केटाबाट सुरु हुन्छ । केटाले आफूहरुको पहिलो भेट खोटाङको तुवाचुङमा साकेला नाच्दा जाँदा भेट भएको बेलीविस्तार गीतमार्फत लगाउँछ । त्यसपछि सन्जोगले दोस्रो भेट फेरि रम्भुवा मेलैमा भएको भनेर केटी मस्किन्छे । यसरी नै गीत नदीजसरी सलल बगेको ।

स्टुडियो किङमा रेकर्ड गरिएको १० मिनेट ३ सेकेन्डको गीतको संगीत गायक रत्न राई स्वयंले भरेका छन् भने एरेन्ज कृष्णभक्त राईले गरेका छन् । यस्तै, गीतको कोरस मनिषा राई र दिपा तामाङले निर्वाह गरेका छन् भने गीतको रेकड मनिष राईले गरेका छन् । गीतको मिक्सिङ/मास्टरिङ सुरज कार्कीको रहेको छ भने क्यामेरातर्फ मनोज राई रहेका छन् ।

सरल भाषामा प्रेमजोडीको प्रेमसँगै गाउँले जीवनबारे पनि गीतकारले शब्दमार्फत बयान गरेका छन् । गाउँको मेलपात, हलेसी बजार, कानैमा ढुङ्ग्री नाकैमा फुली, खाँडीको थान, कपासको धागो, घुर्यानको बारी, गाईगोठलगायत दृश्यहरुलाई गीतकार चाम्लिङले गीतमार्फत सजिलो ढंगले  वर्णन गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार