कार्तिक ११, २०८३ बुधबार October 28, 2026

राज, राजेश र तीर्थको सहकार्यमा ‘पहिलो चोटी‘ बजारमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः बरिष्ठ साहित्यकार तीर्थराज अधिकारीको रचना तथा सुगम संगीतका लोकप्रिय गायक राज सिग्देलको आवाजमा रहेको गजल ‘पहिलो चोटी‘को भिडियो सार्वजनिक भएको छ ।

सुगम संगीतका चर्चित र अब्बल संगीतकार राजेश थापाको संगीत रहेको सो गजलमा दिक्षित पौडेलले संगीत संयोजन गरेका छन भने चन्द्र चौधरीले मिक्सिङ तथा मास्टरिङ गरेका हुन ।

गजलको  सुन्दर भिडियो पनी बनेको छ । जसको निर्देशन अनुप चापागाईँले गरेका हुन । बुद्ध थापाको छायाँकन , तथा विकाश दाहालको सम्पादन रहेको भिडियोमा गायक राज सिक्देल र अहिको पुस्ताकी अत्यन्तै चर्चित मोडल अञ्जली अधिकारीको अभिनय देख्न सकिन्छ ।

प्रविधिको अब्यवस्थित प्रयोगका कारण जस्तो सुकै सिर्जनाले समेत बजारमा हल्ला मचाइरहेको परिस्थितीमा मन भित्रबाटै सुन्न चाहने स्रोताहरुको निम्ती एक स्तरिय सिर्जना ल्याउँ भन्ने प्रयास स्वरुप यो गजल सार्वजनिक गरिएको रचनाकार तीर्थ अधिकारीले बताए ।

नेपाली साहित्यको विभिन्न विधामा विगत लामो समय देखी कलम चलाउदै आएका अधिकारी प्रवल गोरखा दक्षिण बाहु २०५५,मुक्त्तकमणी उपाधी २०७३ आदिद्धारा विभूषित  भई बहुआयामिक ब्याक्तित्वका रुपमा सु परिचित छन् ।

उनको यस अधि नै जुनकिरी ‘कविता संग्रह ’ ऐना ‘कविता संग्रह’ , तिन  लय तिन गीत ‘गिती संग्रह’ झटारो ‘मुक्त्तक संग्रह’ माया ‘गीती एल्बम’ लगायत दर्जनो कृतिहरु प्रकाशित छन् ।

शब्द , संगीत , स्वर तथा भिडियो सबै पक्षबाट स्तरियतामा ध्यान दिइएको भान हुने गजल ‘पहिलो चोटीे’ ले आम श्रोता दर्शकहरुको मन जित्ने विश्वास लिएको समान धारणा रचनाकार तीर्थराज अधिकारी , गायक राज सिक्देल तथा संगीतकार राजेश थापाले व्यक्त गरेका छन् । न्यूजअभियान

भिडियोमा हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार