कार्तिक ११, २०८३ बुधबार October 28, 2026

‘मेरो बोली सुन्दा’ म्युजिक भिडियो सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः मुनाल शिशिर कोइरालाको शब्द तथा नरहरि  प्रेमीको सङ्गीत रहेको ‘मेरो बोली सुन्दा’ बोलको गीत एक दशकपछि महिला आवाजमा सार्वजनिक भएको छ ।

गीतमा रुपक डोटेलले स्वर दिनुभएको छ । गीत रिलिज भएको करिब एक दशकपछि महिला आवाजमा सार्वजनिक भएको हो । जसमा गायिका सुजाता केसीको स्वर छ ।

गीतलाई उदयराज पौडेलले सङ्गीत संयोजन गर्नुभएको हो । म्युजिक भिडियोमा दिक्पाल कार्की, रोशनी कार्की र इष्टु कार्कीबीचको त्रिकोणात्मक प्रेमकथा प्रस्तुत गरिएको छ ।

सुजन श्रेष्ठले छायाङ्कन गरेको भिडियोलाई दिन्सन शाहले सम्पादन गर्नुभएको हो ।

मुनाल शिशिर कोइरालाको निर्देशनमा भिडियो तयार पारिएको हो । भिडियो गायिका केसीको आधिकारिक च्यानल ‘सुजाता केसी’ मार्फत सार्वजनिक भएको हो ।

 यसअघि गायिका केसीको स्वरमा समावेश ‘बतास बनी’, ‘जाल बुन्यो माकुराले’, ‘कुरा सिधा छ’ लगायत थुप्रै गीत सार्वजनिक भइसकेका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार