काठमाडौंः गायक अर्जुन पन्त र गायिका सम्झना मगरले नयाँ गीत लिएर स्रोता माझ आएका छन् ।
गायक पन्तको स्वरमा ‘बुहारी ’ बोलको गीत सार्वजनिक भएको हो । गीतमा गायक अर्जुनको शब्द तथा संगीतमा सो गीत सुन्न सकिन्छ ।
मौलिक लोक लयमा आधारित रत्यौली गीत भएको कारणले पनी आम दर्शक तथा स्रोतले मन पराउनेमा आशावादी रहेको गीतका सर्जक अर्जुन पन्तले बताए । एम थापाले गीतलाई एरेन्ज गरेका छन् ।
अर्जुन पन्तले निर्देशन गरेको म्यूजिक भिडियो सन्जु पौडेल, अर्जुन पन्त् , विकाश राज पौडेल् , निर्मल पौडेल् , अपर्ण परियार ‘जिरे’ ले अभिनय गरेका छन् ।
सुर्य केसीको छायांकन, प्रकाश एस के को सम्पादन तथा अर्जुन पन्तले भिडियोलाई निर्देशन गरेका छन् ।
भिडियो सहितः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया