श्रावण १८, २०८३ सोमबार August 3, 2026

मनिषा कोइरालाले गरिन् ‘हिरामण्डी’को श्रीगणेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः अभिनेत्री मनिषा कोइरालाको अभिनय रहने वेब सिरिज ‘हिरामण्डी’को छायांकन सुरु भएको छ । करीब दुई सय करोडको लगानीमा बनिरहेको वेब सिरिजको सुरुवात मनिषा र अदिती राव हैदरीको दृश्य खिच्दै सुरु गरिएको हो ।

वेब सिरिजकै लागि कत्थक नृत्यको प्रशिक्षण लिइरहेकी ऋचा चड्डा चाँडै सिजिमा जोडिनेछिन् । यो वेब सिरिज ‘सेक्रेट गेम्स’ पछिको हालसम्मै महत्वाकांक्षी प्रोजेक्ट हो ।

सिरिजका लागि मुम्बईमा दुई विशाल र भव्य सेट बनाइएको छ । यसमध्ये एक सेटमा सिरिजको पहिलो सेड्युल खिचिनेछ । पहिलो दिन मनिषाले सिरिजको श्रीगणेश गरिन् । उनीसँगै अदितीले पनि सहभागिता जनाइन् । सुटिङको सुरुवात मुजरेबाट गरिएको छ । यो गीत हप्ता दिन लगाएर छायांकन गरिनेछ । त्यसपछि मात्र अन्य कलाकार सिरिजमा जोडिनेछन् ।

सञ्जय लीला भन्सालीको निर्देशन रहने सिरिजमा हुमा कुरैशीको पनि अभिनय छ । यो सिरिजबाट निर्देशक भन्साली ओटीटीमा डेब्यू गर्दैछन् । उनले सिरिजकै लागि करिब ७० करोड रुपैंयाँ पारिश्रमिक लिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया