श्रावण १८, २०८३ सोमबार August 3, 2026

गायिका इन्दिरा जोशीको ‘पछ्यौरी’ सार्वजनिक (भिडियो सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः गायिका इन्दिरा जोशीले ‘पछ्यौरी’ बोलको गीत सार्वजनिक गरेकी छन् ।

काठमाडौंमा कार्यक्रम आयोजना गरी सार्वजनिक गरेकी उनले गीत रिलिज कार्यक्रममा दर्शकको माया पहिलेको जस्तै पाउने विश्वास व्यक्त गरिन् ।

इन्दिराकै शब्द तथा संगीत रहेको उक्त गीतलाई इन्दिराले लोक र पप शैलीमा तयार पारेकी छिन् । गीतको भिडियोलाई प्रविण सिंहले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् भने कोरियोग्राफी पनी उनकै छ । भिडिओमा हरि हुमागाँइको छायांकन, प्रविण श्रेष्ठको सम्पादन छ ।

गायिका जोशीले भिडिओ खिच्नका लागि केही गाह्रो भएपनि दर्शकको चाहना अनुसारको काम गरेको बताइन् । यस्तै, मोडल निराजन प्रधानले इन्दिरासँग पहिलो पटक काम गर्दा आफूलाई खुशी लागेको प्रतिक्रिया दिए ।

भिडिओमा इन्दिरा बोल्ड, ब्यूटिफूल र आकर्षक देखिएकी छिन् । नेपाली गायन क्षेत्रमा आफ्नो स्थान उच्च बनाएकी यी गायिकाले केही हप्ता अगाडि मात्र बिहे गरेकी थिइन् ।

भिडिओ हेर्नुहोस् :

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया