श्रावण १६, २०८३ शनिबार August 1, 2026

प्रताप दाश र सरिता भारतीको तिम्रो मायाले न हो सार्वजनिक (भिडियो सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कर्णाली प्रदेशको आन्तरिक पर्यटन प्रवर्धन गर्ने उदेश्य सहित नयाँ आधुनिक गीत तिम्रो मायाले न हो…को भिडियो ओएसआर डिजिटलबाट आज रिलिज गरिएको छ ।

गायक प्रताप दाश र गायिका सरिता भारतीको स्वरमा रहेको यो गीतको छायाँकन मुगुको रारा, आछाम र जुम्लाका विभिन्न स्थानमा गरिएको छ । छायाँकार दिब्यराज सुवेदीले कर्णालीको सुन्दरतालाई निकै आकर्षकसँग भिडियोमा उतारेका छन् । तिम्रो मायाले न हो गीतले सुन्दर भिडियोले अझ आकर्षक बनाएको छ ।

देवल भण्डारीले लेखेको यो गीतलाई एलिश कार्कीले संगीत गरेका हुन् । चलचित्रका लागि भनिएको यो गीतलाई बिलक्षण क्रियसनले बजारमा ल्याएको हो । गीतमा संगीत संयोजन शैलेन्द्र एम श्रेष्ठ (बाबु)ले गरेका हुन् । जसमा जुगल डंगोलको मिक्सिङ र मास्टरिङ रहेको छ ।

यो गीतको भिडियोमा अभिनेता यसराज गराच र गायिका सरिता भारतीले अभिनय गरेका छन् । उनीहरुको अभिनय निकै आकर्षक छ ।

काठमाडौंबाट चार दिनको यात्रा पछि सो स्थान पुगेर भिडियोको छायाँकन गरिएको हो ।

कर्णाली प्रदेश प्राकृतिक रुपमा अत्यन्त सुन्दर रहेकाले त्यहाँको पर्यटन प्रवर्धन गर्न यो भिडियोको छायाँकन मुगु, अक्षाम र जुम्लामा गरिएको भिडियोका निर्देशक डब्बु क्षत्रीले बताए ।

यो भिडियोमा सुवास बुढाथोकीको नृत्य निर्देशन रहेको छ । दिलमाया मगर (एमकेएम फेसन हाउस) र चिटिक्क द फेसन स्टोरको फेसन रहेको यो भिडियो फिल्मी शैलीको बनेको छ । जसमा बीरेन्द्र भाट विपिनको सम्पादन रहेको छ । न्यूजअभियान

भिडियोमा हेर्नुहोसः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मध्यपूर्वमा रहेका सबै अमेरिकीलाई मध्यपूर्वबाट ‘प्रस्थान गर्ने सोच बनाउन’ दूतावासहरूद्वारा आग्रह
२०८३ श्रावण १६, शनिबार
विपद्का बेला भावनाले मात्र काम गर्ने होइन, सीप र क्षमता चाहिन्छ: सभापति थापा
२०८३ श्रावण १६, शनिबार
करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा
२०८३ श्रावण १६, शनिबार
रोमको पानी मुनीको शहरको अस्तित्व खतरामा, पर्यटकलाई हुन सक्छ निषेध
२०८३ श्रावण १६, शनिबार
प्रधानमन्त्री शाहद्वारा ‘ब्रोड पिक’ दुर्घटनामा ज्यान गुमाएका आरोहीप्रति श्रद्धाञ्जली व्यक्त
२०८३ श्रावण १६, शनिबार
सहकारी ठगीको मुद्दा हेर्न ‘समर्पित इजलास’ गठन गर्न अनुरोध
२०८३ श्रावण १६, शनिबार
कीर्तिमानी पर्वतारोही पुर्जाको निधन
२०८३ श्रावण १६, शनिबार