काठमाडौं: सरकारले मंसीर ४ गते संघीय र प्रदेश सभाको चुनावका लागि मिति तय गरे लगतै निर्वाचन आयोगले दल दर्ता प्रक्रिया सुरु गर्ने भएको छ। आयोगले आइतबारदेखि नै राजनीति दल दर्ताको प्रक्रिया सुरु गर्ने भएको हो ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चुनावका लागि आइतबारदेखि दल दर्ता प्रक्रिया सुरु गरिने जानकारी दिए। संविधानको धारा २७१ अनुसार राजनीतिक दल दर्ता गर्नुपर्छ, तदअनुसार आइतबारदेखि नै प्रक्रिया प्रारम्भ गरेर छिटै यसलाई सम्पन्न गर्ने उनको भनाइ छ
निर्वाचनमा भाग लिन चाहने दलले दल दर्ताको लागि आयोगले तोकेको समयमा र तोकिएको ढाँचामा आयोग समक्ष निवेदन दिनु पर्ने कानूनी व्यवस्था छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया