काठमाण्डौंः गृहमन्त्री बालकृष्ण खाणं र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । सरकारले बिहीबार प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन घोषणा गरेकै भोलिपल्ट चिनियां राजदूतले गृहमन्त्री खांडसंग भेटवार्ता गरेकी हुन् ।
उनले सरकारले निर्वाचन घोषणा गरेकोमा खुसी व्यक्त गर्दैै आवश्यक पर्ने सहयोग गर्न चीन तयार रहेको बताईन् । गृह मन्त्रालयमा शुक्रबार बिहान भएको भेटवार्ता द्धिपक्षिय सम्बन्धलाई थप मजबूत बनाउने विषयमा छलफल भएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया