काठमाण्डौः तीज पर्वको परम्परा, संवेग र मनोरञ्जनको त्रिकोणात्मक कथामा आधारित गीत ‘लगाउने हो फन्को’ सार्वजनिक भएको छ ।
शुक्रबार सोना अमात्य युट्युब च्यानलबाट सार्वजनिक गरिएको भिडियोमार्फत् व्यवहारमा बाँधिएर स्वच्छन्दताको थोरै मात्र अनुभूति गर्न पाएका महिलाहरूलाई खुलेर नाच्न आग्रह गरिएको छ ।
गम्भीर विष्टको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको भिडियोमा सोना अमात्य, शालिनी विष्ट भट्टराई, सम्झना भट्टराई, पूर्णिमा बानियाँ, सब्बु राना बमलगायत कलाकारको अभिनय छ । चन्द्रमणि भट्टराईको शब्द, डेनी निरौलाको संगीत र सोना अमात्यको स्वरमा रहेको गीतलाई पारिवारिक परिवेश र सामाजिक कथामा खिचिएको छ । गीतको संगीत संयोजन योगेश काजीले र मिक्सिङ् पवन विश्वकर्माले गरेका हुन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया