कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

प्रेस युनियनका अध्यक्ष लम्साल सहित पाँच जना सम्मानित (फोटोफिचर)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः नेपाल प्रेस युनियन नवलपुरले प्रेस युनियनको केन्द्रीय अध्यक्षमा निर्वाचित भएका शिव लम्सालसहित पाँच जनालाई सम्मान गरेको छ । युनियनको हेटौंडामा हालै सम्पन्न नवौं महाधिवेशनबाट निर्वाचित भएका लम्साल, उपाध्यक्ष नकुल अर्याल, केन्द्रीय सदस्यहरु घनश्याम बगाले, कृष्णकुमारी ढकाल र पत्रकारितामा विद्यावारिधि उपाधि प्राप्त गरेका डा. भूमिराज चापागाईंलाई सम्मान गरिएको हो ।

Bu1659873126.jpg

उनीहरुलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शशांक कोइरालाले सम्मान गरेका थिए । सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष लम्सालले नेपाल प्रेस युनियन श्रमजिवीहरुको पक्षमा रहेको बताए । उनले श्रमजिवी पत्रकारहरुको हक अधिकारको पक्षमा निरन्तर लड्ने प्रतिबद्धता व्यक्त गर्दै यसका विरुद्ध कसैसँग कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रेस युनियन कांग्रेसको शुभेच्छुक संस्था भएको उल्लेख गर्दै अध्यक्ष लम्सालले प्रेस युनियनमा आबद्ध पत्रकारहरुलाई स्वतन्त्र तवरले काम गर्न कांग्रेसले छुट दिनुपर्ने बताए । नेपाली संस्कृतिको प्रबद्र्धनमा एफ.एम रेडियोको भूमिका विषयमा विद्यावारिधि गरेका डा. भूमिराज चापागाईंले पत्रकारितालाई जनताले सबैभन्दा बढी विश्वास गर्ने बताए । उनले जनताको विश्वासलाई केन्द्रमा राखेर पत्रकारले सन्तुलित भएर काम गर्नुपर्ने बताए ।

कार्यक्रममा प्रदेश सांसद ओमकला गौतम, नेपाली काँग्रेस नवलपुरका कार्यबाहक सभापति चन्द्रबहादुर राना, उपसभापति बालकृष्ण घिमिरे, सचिब होमराज रानाभाट, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्मा, प्रेस युनियन का केन्द्रिय उपाध्यक्ष नकुल अर्याल, नेपाल पत्रकार महासंघ नवलपुरका उपाध्यक्ष नवीन पौडेल लगायतले मन्तब्य राखेका थिए । कार्यक्रम नेपाल प्रेस युनियन नवलपुरका अध्यक्ष विरेन्द्र पराजुलीको अध्यक्षतामा सम्पन्न भएको थियो।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सीद्वारा ट्रम्प र पुटिनसँग त्रिपक्षीय बैठकको पुष्टि
२०८३ कार्तिक ३०, सोमबार
अमेरिकासँग कुरा नमिले चीनसँग सहकार्य गर्ने कार्नीको सङ्केत
२०८३ कार्तिक ३०, सोमबार
‘विपद्का बेला नेपाली सेनाको बहुआयामिक भूमिका, उद्धारदेखि पुनःस्थापनासम्म सक्रिय’
२०८३ कार्तिक ३०, सोमबार
‘कार्बन बजारमा संसदीय निगरानी र समुदायको लाभ सुनिश्चित हुनुपर्छ’ : डा. कार्की
२०८३ कार्तिक ३०, सोमबार
सञ्चारमाध्यमको कोष विवादमा चेक गणतन्त्रमा विशाल प्रदर्शन
२०८३ कार्तिक ३०, सोमबार
राष्ट्रपति पौडेलसमक्ष तीन नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
२०८३ कार्तिक ३०, सोमबार
रास्वपा सांसद अमरेशकुमार सिंहले थाले मेची–महाकाली पदयात्रा
२०८३ कार्तिक ३०, सोमबार