कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

टानको अध्यक्षमा निलहरी बाँस्तोलाको प्यानल बिजयी, कस्ले कति मत पाए ? (सूचीसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः पर्वतीय पर्यटन व्यवसायीहरुको छाता सङ्गठन ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल (टान)को अध्यक्षमा निलहरि बाँस्तोला निर्वाचित भएका छन् ।

नेपाली काँग्रेस, नेकपा एकिकृत समाजबादी र नेकपा एमालेको समर्थनमा बनेको टिमको नेतृत्व गरेका बास्तोला समुहले टानमा एक सदस्य बाहेक सबै पदमा बिजयी हाँसील गरेको हो । टानमा माओबादीका तर्फबाट रामप्रसाद सापकोटा ‘कमल’को छुट्टै टिम चुनावी मैदानमा उत्रिएको थियो ।

टानको ४४ औं वार्षिक साधारणसभा तथा निर्वाचनबाट ६१६ मत सहित बाँस्तोला अध्यक्षमा निर्वाचीत भएका हुन् । अध्यक्षका प्रत्याशी रामप्रसाद सापकोटा ‘कमल’ले २६४ , र स्वतन्त्र उम्मेद्धवार बोधराज भण्डारीले ४४ मत पाए ।

टानमा एक सदस्य बाहेक सबै बाँस्तोला समुहले बाजी मारेको छ । निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा कृष्ण प्रसाद दाहाल, प्रथम उपाध्यक्षमा प्रदिप पण्डित, द्दितिय उपाध्यक्षमा धन बहादुर गुरुङ, महासचिवमा विनोद सापकोटा (बाबु) , सचिवमा होमनाथ भट्टराई, कोसाध्यक्षमा पुरुसोत्तम तिमल्सिना निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरूमा रामप्रसाद बञ्जारा, राजु अर्याल, गणेशबहादुर अधिकारी, कुमार लामा, नविनाथ देवकोटा, सुवास भण्डारी, लाक्पा दोर्जे शेर्पा, सजना त्रिपाठी र कृष्णबहादुर परियार विजयी भएका छन । विजयी भएका सदस्य मध्येका परियार भने रामप्रसाद प्यानलका हुन् । उनले १० मतको अन्तरमा बास्तोला समूहका हेमबहादुर कार्कीलाई पराजित गरे ।

कस्ले कति मत पाए ? 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अमेरिकासँग कुरा नमिले चीनसँग सहकार्य गर्ने कार्नीको सङ्केत
२०८३ कार्तिक ३०, सोमबार
‘विपद्का बेला नेपाली सेनाको बहुआयामिक भूमिका, उद्धारदेखि पुनःस्थापनासम्म सक्रिय’
२०८३ कार्तिक ३०, सोमबार
‘कार्बन बजारमा संसदीय निगरानी र समुदायको लाभ सुनिश्चित हुनुपर्छ’ : डा. कार्की
२०८३ कार्तिक ३०, सोमबार
सञ्चारमाध्यमको कोष विवादमा चेक गणतन्त्रमा विशाल प्रदर्शन
२०८३ कार्तिक ३०, सोमबार
राष्ट्रपति पौडेलसमक्ष तीन नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
२०८३ कार्तिक ३०, सोमबार
रास्वपा सांसद अमरेशकुमार सिंहले थाले मेची–महाकाली पदयात्रा
२०८३ कार्तिक ३०, सोमबार
सङ्घीयता सुदृढीकरणका लागि राष्ट्रिय बहस आवश्यकः सभापति लामिछाने
२०८३ कार्तिक ३०, सोमबार