कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

काठमाडौंको फोहोर व्यवस्थापनमा स्थानीय बासिन्दा र प्रशासनबीच चारबुँदे सहमति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापन तथा विसर्जनमा हुँदै आइरहेको बारम्बारको अवरोध हटाउन सो क्षेत्रका स्थानीय बासिन्दा र प्रशासनबीच चार बुँदे सहमति भएको छ ।

हिजो काठमाडौँ, नुवाकोट र धादिङका प्रमुख जिल्ला अधिकारी र स्थानीय जनप्रतिनिधि तथा काठमाडौँ महानगर पालिकाका प्रमुख प्रशासकीय अधिकृतबीच भएको बैठकमा बन्चरे डाँडाको अवरोध अन्त्य गर्न चार बुँदे सहमति भएको हो ।

काठमाडौँ महानगरका फोहोर व्यवस्थापन सल्लाहकार सुनिल लम्सालले फोहोर बोक्ने गाडीले बाटोमा लिचेड चुहाउन नपाउने, बन्चरे डाँडामा फोहोर थुपारेको ठाउँमा गन्ध नआउने औषधि दैनिक छर्किनुपर्ने, जथाभावी फोहोर खसाल्न नपाइने सहमति भएको जानकारी दिनुभयो ।

सहमतिपछि अब फोहोर व्यवस्थापन थप सहज हुँदै जाने उहाँको दाबी छ । यसै गरी गत जेठ ६ गते भएको सहमति कार्यान्वयन गर्दै फोहोर व्यवस्थापनमा अहिले देखिएका अवरोध अन्त्य गर्दै जाने सहमती भएको पनि भएको छ ।

यसअघि भदौ १ देखि फोहोर फाल्न नदिने भनी धुनिबेँसी नगरपालिकास्थित नेपाली कांग्रेस, नेकपा (माओ वादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का स्थानीय सङ्गठनका प्रमुखहरूद्वारा जारी विज्ञप्तिसमेत अगाडि नबढाइने सहमति पनि बैठकमा गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अमेरिकासँग कुरा नमिले चीनसँग सहकार्य गर्ने कार्नीको सङ्केत
२०८३ कार्तिक ३०, सोमबार
‘विपद्का बेला नेपाली सेनाको बहुआयामिक भूमिका, उद्धारदेखि पुनःस्थापनासम्म सक्रिय’
२०८३ कार्तिक ३०, सोमबार
‘कार्बन बजारमा संसदीय निगरानी र समुदायको लाभ सुनिश्चित हुनुपर्छ’ : डा. कार्की
२०८३ कार्तिक ३०, सोमबार
सञ्चारमाध्यमको कोष विवादमा चेक गणतन्त्रमा विशाल प्रदर्शन
२०८३ कार्तिक ३०, सोमबार
राष्ट्रपति पौडेलसमक्ष तीन नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
२०८३ कार्तिक ३०, सोमबार
रास्वपा सांसद अमरेशकुमार सिंहले थाले मेची–महाकाली पदयात्रा
२०८३ कार्तिक ३०, सोमबार
सङ्घीयता सुदृढीकरणका लागि राष्ट्रिय बहस आवश्यकः सभापति लामिछाने
२०८३ कार्तिक ३०, सोमबार