काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त राजदूतहरूको पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छन् ।
ब्राजिलका राजदूत निर्मलराज काफ्ले र कोरियाका राजदूत प्राध्यापक डा. ज्योति प्याकुरेल (भण्डारी) लाई राष्ट्रपति भण्डारीले आइतबार सपथ ग्रहण गराएकी हुन् ।
राष्ट्रपतिको कार्यालय महाराजगञ्जमा आयोजित एक समारोहमा राजदूतको पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको हो । सो अवसरमा सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया