काठमाडौंः नेपाल पत्रकार महासंघ काठमाण्डौं शाखाले आफूहरुले उठाएको माग पूरा नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ ।
महासंघको साना लगानी तथा स्वरोजगारमूलक मिडिया समन्वय विभागको आयोजनामा आइतबार भृकुटीमण्डप शाखा कार्यलयमा बसेको बैठकले विभिन्न १५ बूँदे माग राखेको छ ।
केही दिनअघि गठन भएको साना लगानी तथा स्वरोजगारमूलक मिडिया समन्वय विभागले आफ्नो काम थालेको विभाग संयोजक रमेश कुमार बोहोराले बताए ।
बोहोराकै संयोजनमा भएको भेलाले आइतबार पत्रिकाका सम्पादक तथा प्रकाशकसँग अन्तरक्रिया गरेको हो । छलफल ठुलो संख्यामा सम्पादक / प्रकाशकको उपस्थित रहेको थियो संयोजक बोहोराले छलफलमा आएका सुझावलाई ध्यानमा राखेर भोलिको दिनमा काम गर्ने बताए ।
‘हामीले राखेका माग सही छन्, पत्रिका र पत्रकारका पक्षमा एजेण्डा बनाएका छौं’ बोहोराले भने ‘ हामी आफ्ना माग लिएर सरोकारवाला निकायसँग छलफल गरेर निकासको बाटो खोज्छौं, हाम्रो कुरा सुनिएन भनें आन्दोलनमा जानुपर्ने हुन्छ ।’
रमेश कुमार बोहोराले पत्रपत्रिका र पत्रकारका पक्षमा आवाज उठाउँदै आएका छन् । उनले महासंघले सशक्त रुपमा आवाज उठाउने हो भनें छोटो समयमा नै धेरै काम गर्न सकिने पनि जनाएका छन् ।
विभागले पत्रकारिता र पत्रिका प्रकाशनमा देखिएका केही समस्यालाई बुँदागत रुपमा उल्लेख गरेको छ । विभागले काठमाडौं उपत्यकाका तीनवटै जिल्ला, उपत्यका प्रदेश र यहाँबाट निर्वाचित केन्द्रीय सदस्यसँग छलफल गर्ने जनाएको छ । कार्यक्रमको तयारी गरेकाले कतिपय कुरा नसमेटिए पनि आगामी दिनमा नियमित रुपमा छलफल गरेर सबै विषय समावेश गर्ने जनाएका छन् । उनले छलफलमा सहभागी सबैप्रति आभार व्यक्त गरेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया