कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

शान्ति सुरक्षा कामय गर्ने सवालमा कसैसँग सम्झौंता गर्दिन : प्रहरी प्रमुख पण्डित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः भर्खरै नुवाकोट सरुवा भई आउनु भएका नयाँ प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले जिल्लाका क्रियाशिल पत्रकारहरुसँग अन्तरक्रिया गर्नुभएको छ । आइतबार आफ्नै कार्यालय विदुरमा आयोजित पत्रकार अन्तरक्रिया तथा भेटघाट कार्यक्रममा उहाँले आफ्नो पहिलो काम भनेको जिल्लामा शान्ति सुरक्षा कायम गर्ने भएकाले यसका लागि पत्रकारहरुको सहयोगको आवश्यकता रहेको बताउनुभयो ।

उहाँले आफुले शान्ति सुरक्षासँगै कानुन विपरितका कुनै पनि क्रियाकलापसँग सम्झौता नगर्ने समेत प्रष्ट पार्नुभयो । उहाँले आफ्नो जिम्मेवारी भनेको कानुन कार्यान्वयन गर्नु भएकाले कानुन विपरितका कुनै पनि गतिविधि हुन नदिने समेत प्रतिवद्धता जनाउनुभयो । प्रहरी प्रमुख पण्डितले पत्रकारहरुले सोधेको प्रश्नमा अवैध नदीजन्य उत्खनन्लाई नियन्त्रण गरेरै छाड्ने प्रतिवद्धता पनि जनाउनुभयो ।

उहाँले कसैले प्रहरीलाई प्रभावमा पारेर अवैध काम गरेको पाइए तत्काल कारबाही गर्ने समेत बताउनुभयो । उहाँले मुलुकमा आगामी मंसिर ४ गते संसदिय निर्वाचन घोषणा भएको र त्यसको सम्पूर्ण सुरक्षाको जिम्मेवारी प्रहरीको हातमा भएकाले निर्वाचन सफल बनाउनका लागि आफ्नो नेतृत्वको प्रहरी टोली सफल हुने पनि उहाँले बताउनुभयो ।

उहाँले आफ्ना क्रियाकलापहरुप्रति सुझाव दिन पनि पत्रकारहरुलाई आग्रह समेत गर्नुभएको थियो । पत्रकार भेटघाटमा जिल्लाका एक दर्जन क्रियाशिल पत्रकारहरुको उपस्थिति रहेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अमेरिकासँग कुरा नमिले चीनसँग सहकार्य गर्ने कार्नीको सङ्केत
२०८३ कार्तिक ३०, सोमबार
‘विपद्का बेला नेपाली सेनाको बहुआयामिक भूमिका, उद्धारदेखि पुनःस्थापनासम्म सक्रिय’
२०८३ कार्तिक ३०, सोमबार
‘कार्बन बजारमा संसदीय निगरानी र समुदायको लाभ सुनिश्चित हुनुपर्छ’ : डा. कार्की
२०८३ कार्तिक ३०, सोमबार
सञ्चारमाध्यमको कोष विवादमा चेक गणतन्त्रमा विशाल प्रदर्शन
२०८३ कार्तिक ३०, सोमबार
राष्ट्रपति पौडेलसमक्ष तीन नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
२०८३ कार्तिक ३०, सोमबार
रास्वपा सांसद अमरेशकुमार सिंहले थाले मेची–महाकाली पदयात्रा
२०८३ कार्तिक ३०, सोमबार
सङ्घीयता सुदृढीकरणका लागि राष्ट्रिय बहस आवश्यकः सभापति लामिछाने
२०८३ कार्तिक ३०, सोमबार