कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

राष्ट्रिय आविष्कार केन्द्रलाई ४० लाख अनुदान दिने सम्झौतामा हस्ताक्षर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले राष्ट्रिय आविष्कार केन्द्रसँगको सम्झौता सानो भएपनि महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।

लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र र राष्ट्रिय आविष्कार केन्द्रबीच भएको समझदारी पत्रमा हस्ताक्षर गर्न आज आयोजित समारोहमा मन्त्री बडुले उद्यम र उद्यमीलाई प्रोत्साहन गर्ने समान उद्देश्य भएको संस्थाबीच समझदारी भएको बताउनुभयो ।

उहाँले राष्ट्रिय उत्पादन बढाउने सरकारी नीति अनुरुप युवालाई उद्यमतर्फ आकर्षित गर्दै रोजगारी सिर्जना गर्न यसले सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले उद्यम र उद्यमीलाई प्रोत्साहन गर्ने उद्योग मन्त्रालय र केन्द्रबीच भएको सम्झौताले मनोबल बढाउने बताउनुभयो ।

उहाँले उद्यम र उद्यमीको सङ्ख्या बढे यसले मुलुकको अर्थतन्त्रलाई सहयोग पुग्ने बताउँदै साना तथा महत्त्वपूर्ण काममा आविष्कार केन्द्रले काम गरिरहेको बताउनुभयो ।

अध्यक्ष पुनले सम्झौता अनुसार सिन्केधुप, कोदो झार्ने, टुथपीन मेसिन उत्पादन गर्ने जानकारी गराउनुभयो ।

लघु, घरेलु तथा साना उद्योगका लागि आवश्यक पर्ने प्रविधि अध्ययन, अनुसन्धान र विकासमा सहयोग आदान प्रदान गर्न राष्ट्रिय आविष्कार केन्द्रलाई ४० लाख रुपैयाँ अनुदान दिने सम्झौता गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अमेरिकासँग कुरा नमिले चीनसँग सहकार्य गर्ने कार्नीको सङ्केत
२०८३ कार्तिक ३०, सोमबार
‘विपद्का बेला नेपाली सेनाको बहुआयामिक भूमिका, उद्धारदेखि पुनःस्थापनासम्म सक्रिय’
२०८३ कार्तिक ३०, सोमबार
‘कार्बन बजारमा संसदीय निगरानी र समुदायको लाभ सुनिश्चित हुनुपर्छ’ : डा. कार्की
२०८३ कार्तिक ३०, सोमबार
सञ्चारमाध्यमको कोष विवादमा चेक गणतन्त्रमा विशाल प्रदर्शन
२०८३ कार्तिक ३०, सोमबार
राष्ट्रपति पौडेलसमक्ष तीन नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
२०८३ कार्तिक ३०, सोमबार
रास्वपा सांसद अमरेशकुमार सिंहले थाले मेची–महाकाली पदयात्रा
२०८३ कार्तिक ३०, सोमबार
सङ्घीयता सुदृढीकरणका लागि राष्ट्रिय बहस आवश्यकः सभापति लामिछाने
२०८३ कार्तिक ३०, सोमबार