कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

भारतीय सेना प्रमुखलाई राष्ट्रपतिबाट आजै मानार्थ महारथी दर्जा प्रदान गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः पाँच दिने नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख मनोज पाँडेले सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

सेना प्रमुख पाण्डेले सोमबार २० भदौ बिहान सैनिक मञ्च टुँडिखेल पुगेर सहिदहरुप्रति श्रद्धाञ्जली ब्यक्त गरेको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए। पाण्डे आइतबार अपरान्ह काठमाण्डौं आइपुगेका हुन् ।

नेपाली सेनाका रथी बालकृष्ण कार्कीले पाँडे नेतृत्वको भारतीय सैन्य प्रतिनिधिमण्डललाई त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए ।  नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्जा ग्रहण गर्न भारतीय सेनाध्यक्ष यहाँ आएका हुन्।

एक विशेष समारोहबीच सोमबार मध्यान्ह राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय प्रधानसेनापति पाँडेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम छ।

नेपाली सेना र भारतीय सेनाबीचको परम्पराअनुसार भारतीय सेनाध्यक्ष जनरल पाँडेलाई राष्ट्रपति भण्डारीले नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्न लागेको सैनिक जनसम्पर्क निर्देशनालयले बुधबार प्रेस विज्ञप्ति जारी गरी जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अमेरिकासँग कुरा नमिले चीनसँग सहकार्य गर्ने कार्नीको सङ्केत
२०८३ कार्तिक ३०, सोमबार
‘विपद्का बेला नेपाली सेनाको बहुआयामिक भूमिका, उद्धारदेखि पुनःस्थापनासम्म सक्रिय’
२०८३ कार्तिक ३०, सोमबार
‘कार्बन बजारमा संसदीय निगरानी र समुदायको लाभ सुनिश्चित हुनुपर्छ’ : डा. कार्की
२०८३ कार्तिक ३०, सोमबार
सञ्चारमाध्यमको कोष विवादमा चेक गणतन्त्रमा विशाल प्रदर्शन
२०८३ कार्तिक ३०, सोमबार
राष्ट्रपति पौडेलसमक्ष तीन नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
२०८३ कार्तिक ३०, सोमबार
रास्वपा सांसद अमरेशकुमार सिंहले थाले मेची–महाकाली पदयात्रा
२०८३ कार्तिक ३०, सोमबार
सङ्घीयता सुदृढीकरणका लागि राष्ट्रिय बहस आवश्यकः सभापति लामिछाने
२०८३ कार्तिक ३०, सोमबार