कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

सेना-प्रहरी सहित १० वटा निकायलाई बहाल कर बुझाउन महानगरको सर्कुलर (पत्रसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः काठमाडौं महानगरपालिकाले नेपाली सेना, नेपाल प्रहरीसहित १० वटा निकायलाई १० दिनभित्र बहाल कर बुझाउन पत्राचार गरेको छ ।

बिहीबार महानगरका विभागीय प्रमुख डा. शिवराज अधिकारीले नेपाली सेना, नेपाल प्रहरी र समाज कल्याण परिषद्सहित १० निकायले आफ्नो क्षेत्रभित्र बहालमा लगाई बहाल आम्दानी गरेको भन्दै बहाल कर बुझाउन अनुरोध गर्नुभएको हो ।

महानगरले पटक–पटक पत्र लेखी कर बुझाउन ताकेता गर्दा पनि हालसम्म बहाल कर नबुझाएको भन्दै १० दिनभित्र सम्बन्धित वडा कार्यालयमा बहाल कर र सो को जरिवानासहित बुझाउन प्रमुख अधिकारीद्वारा जारी सूचनामा उल्लेख छ । अन्यथा, राजस्व ऐन, २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकी सरह बाँकी कर असुलउपर गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने महानगरले जनाएको छ ।

काठमाडौं महानगरले नेपाली सेनाको मुख्यालय, प्रहरी प्रधान कार्यालय नक्साल, समाज कल्याण परिषद् लैनचौर, शङ्करदेव क्याम्पस, आर.आर क्याम्पस, नेपाल ल क्याम्पस, वीर अस्पताल, दशरथ रङ्गशाला, सरस्वती क्याम्पस र नेपाल कमर्स क्याम्पसलाई बहाल कर तिर्न पत्राचार गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अमेरिकासँग कुरा नमिले चीनसँग सहकार्य गर्ने कार्नीको सङ्केत
२०८३ कार्तिक ३०, सोमबार
‘विपद्का बेला नेपाली सेनाको बहुआयामिक भूमिका, उद्धारदेखि पुनःस्थापनासम्म सक्रिय’
२०८३ कार्तिक ३०, सोमबार
‘कार्बन बजारमा संसदीय निगरानी र समुदायको लाभ सुनिश्चित हुनुपर्छ’ : डा. कार्की
२०८३ कार्तिक ३०, सोमबार
सञ्चारमाध्यमको कोष विवादमा चेक गणतन्त्रमा विशाल प्रदर्शन
२०८३ कार्तिक ३०, सोमबार
राष्ट्रपति पौडेलसमक्ष तीन नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
२०८३ कार्तिक ३०, सोमबार
रास्वपा सांसद अमरेशकुमार सिंहले थाले मेची–महाकाली पदयात्रा
२०८३ कार्तिक ३०, सोमबार
सङ्घीयता सुदृढीकरणका लागि राष्ट्रिय बहस आवश्यकः सभापति लामिछाने
२०८३ कार्तिक ३०, सोमबार