कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

सङ्घीयताको विषयमा अहिले नै समीक्षा गर्ने वेला भएको छैन : मुख्यमन्त्री भट्ट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सङ्घीयता र सरकारका कामको परिणाम पाँच वर्षमै नआउने बताउनु भएको छ । उहाँले सङ्घीयताको विषयमा अहिल्यै समीक्षा गर्ने समय नभएको पनि बताउनु भएको छ ।

टीकापुरमा शुरु भएको नेपाल जेसीजको क्षेत्र ‘घ’ सम्मेलनलाई आज (शुक्रबार) सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले सङ्घीयता शहरमा भन्दा गाउँमा भेटिने गरेको बताउनुभयो । उहाँले पहिले लाख बजेट नपाउने दुर्गम गाउँमा अहिले करोडौँको बजेट खर्च भइरहेको र केही वर्षमा परिणाम देखिने बताउनुभयो ।

आन्तरिक मामिला तथा कानून मन्त्री डाक्टर रणबहादुर रावलले टीकापुरलाई विविध सांस्कृतिक समूहको साझास्थल र शैक्षिक नगरीका रुपमा टीकापुर विकास भइरहेको पनि बताउनुभयो ।

टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारुले टीकापुर केही वर्षअघिको घटनाका कारण आक्रान्त शहरको रुपमा नभई अहिले शान्तिपूर्ण वासस्थल हो भन्ने सन्देश प्रवाह गरिदिन सम्मेलनमा सहभागी जेसीज युवाहरूलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल जेसीजका गैँडाकोटदेखि पश्चिम महाकालीसम्मका ३३ जिल्लाका ५५ वटा जेसीज, लेडिज जेसीज र जुनियर जेसीजहरु सहभागी छन् । सम्मेलन टीकापुर घोषणा पत्र जारी गर्दै भोलि २५ गते समापन हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अमेरिकासँग कुरा नमिले चीनसँग सहकार्य गर्ने कार्नीको सङ्केत
२०८३ कार्तिक ३०, सोमबार
‘विपद्का बेला नेपाली सेनाको बहुआयामिक भूमिका, उद्धारदेखि पुनःस्थापनासम्म सक्रिय’
२०८३ कार्तिक ३०, सोमबार
‘कार्बन बजारमा संसदीय निगरानी र समुदायको लाभ सुनिश्चित हुनुपर्छ’ : डा. कार्की
२०८३ कार्तिक ३०, सोमबार
सञ्चारमाध्यमको कोष विवादमा चेक गणतन्त्रमा विशाल प्रदर्शन
२०८३ कार्तिक ३०, सोमबार
राष्ट्रपति पौडेलसमक्ष तीन नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
२०८३ कार्तिक ३०, सोमबार
रास्वपा सांसद अमरेशकुमार सिंहले थाले मेची–महाकाली पदयात्रा
२०८३ कार्तिक ३०, सोमबार
सङ्घीयता सुदृढीकरणका लागि राष्ट्रिय बहस आवश्यकः सभापति लामिछाने
२०८३ कार्तिक ३०, सोमबार