कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

संविधानमाथि अझै खतरा रहेकाले गठबन्धन : सहरी मन्त्री चौधरी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः सहरी विकास मन्त्री मेटमणि चौधरीले मुलुकको नयाँ संविधान माथि अझै खतरा रहेकाले गठबन्धन आवश्यक रहेको बताएका छन् ।

सिमरामा आयोजित एक कार्यक्रममा मुलुकको संविधान माथि  निर्वाचित प्रधानमन्त्रीले धावा बोल्दा सबै पार्टी एक ठाउँमा आउने अवस्था आएको भन्दै मन्त्री चौधरीले भने,  ‘कांग्रेस र कम्युनिस्ट फरक धारका पार्टी भए संविधान जोगाउन  मिल्नुपरेको छ । अझ बलियो एकता बनाउनु पर्ने छ । निर्वाचन पछि थप दल पनि एकतामा आउनेछन् ।’

किसान श्रेष्ठले मापदण्ड अनुसार तनहुँ छोड्नु पर्ने नभए पनि रामचन्द्र पौडेलका लागि बारा-४ बाट उम्मेदवार बन्ने स्थिति हुनसक्ने उनको भनाइ छ । ‘जसले  निर्वाचन क्षेत्र हेर्न सक्छ, देश हेर्न सक्छ,  त्यसलाई हेर्नुपर्छ । अब जात, धर्म र समुदाय मात्रै हेर्ने होइन । जनताले यो कुरा बुझिसकेका छन्,’  मन्त्री चौधरीले भने ।

राम्रो मान्छे, दृष्टिकोण भएको मान्छे, पैसा देख्दा र्‍याल नचुहाउने किसान श्रेष्ठलाई जिताउने गरी प्रचारमा लाग्न मन्त्री चौधरीले निर्देशन दिए ।
एमालेले जिते यो प्रणाली नै  समाप्त हुने भन्दै देउवाले नचाहँदा नचाहँदै पनि संविधान जोगाउन प्रधानमन्त्री बन्नै पर्ने अवस्था आएको मन्त्री चौधरीको भनाइ थियो । ओली घमण्ड, कुबुद्धि र सत्ता उन्मादले सडकमा पुगेको समेत उनले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अमेरिकासँग कुरा नमिले चीनसँग सहकार्य गर्ने कार्नीको सङ्केत
२०८३ कार्तिक ३०, सोमबार
‘विपद्का बेला नेपाली सेनाको बहुआयामिक भूमिका, उद्धारदेखि पुनःस्थापनासम्म सक्रिय’
२०८३ कार्तिक ३०, सोमबार
‘कार्बन बजारमा संसदीय निगरानी र समुदायको लाभ सुनिश्चित हुनुपर्छ’ : डा. कार्की
२०८३ कार्तिक ३०, सोमबार
सञ्चारमाध्यमको कोष विवादमा चेक गणतन्त्रमा विशाल प्रदर्शन
२०८३ कार्तिक ३०, सोमबार
राष्ट्रपति पौडेलसमक्ष तीन नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
२०८३ कार्तिक ३०, सोमबार
रास्वपा सांसद अमरेशकुमार सिंहले थाले मेची–महाकाली पदयात्रा
२०८३ कार्तिक ३०, सोमबार
सङ्घीयता सुदृढीकरणका लागि राष्ट्रिय बहस आवश्यकः सभापति लामिछाने
२०८३ कार्तिक ३०, सोमबार