कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

शान्ति प्रक्रिया लगायतका केही महत्वपूर्ण काम अझै हुन सकेका छैनन् : उपराष्ट्रपति पुन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले संविधानको पूर्ण पालन, संरक्षण र ससम्र्वद्धनका लागि आग्रह गरेका छन्। ‘संविधान गतिशील दस्तावेज भएकोले संविधानभित्रै रहेर यसलाई अझै समृद्धि बनाउँदै लैजान सकिन्छ,’ उनले भनेका छन् ।

संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै पुनले समृद्ध राष्ट्र र समतामूलक समाज निर्माणका लागि संविधानको पूर्ण पालन, संरक्षण र सम्वर्द्धन अनिवार्य शर्त रहेको बताएका छन् । ‘संविधान पालनमा केही चुनौती देखा परे पनि संविधानको कार्यान्वयनमा सन्तोषजनक अवस्था छ । संविधानअनुसार दोस्रोपटक स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा भइ उम्मेदवारी दर्ता प्रक्रिया सुरु भइसकेको छ ।

संविधानअनुसार विभिन्न संरचना र आयोगहरु बनेका छन्,’ उनले भनेका छन्, ‘शान्ति प्रक्रिया लगायतका केही महत्वपूर्ण काम भने अझै हुन सकेका छैनन् ।

सार्वभौम संविधानसभाबाट संविधान जारी भएको २०७२ असोज ३ गते नेपाली इतिहासकै सुनौलो दिन रहेको उनको भनाइ छ । ‘यो दिन प्राप्त गर्न भएका विभिन्न कालखण्डका जनआन्दोलन, जनयुद्ध र ०६२-०६३ को ऐतिहासिक जनआन्दोलन र अन्य आन्दोलनका आदरणीय सहिदहरूप्रति उच्च सम्मानसाथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु,’ पुनले भनेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘विपद्का बेला नेपाली सेनाको बहुआयामिक भूमिका, उद्धारदेखि पुनःस्थापनासम्म सक्रिय’
२०८३ कार्तिक ३०, सोमबार
‘कार्बन बजारमा संसदीय निगरानी र समुदायको लाभ सुनिश्चित हुनुपर्छ’ : डा. कार्की
२०८३ कार्तिक ३०, सोमबार
सञ्चारमाध्यमको कोष विवादमा चेक गणतन्त्रमा विशाल प्रदर्शन
२०८३ कार्तिक ३०, सोमबार
राष्ट्रपति पौडेलसमक्ष तीन नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
२०८३ कार्तिक ३०, सोमबार
रास्वपा सांसद अमरेशकुमार सिंहले थाले मेची–महाकाली पदयात्रा
२०८३ कार्तिक ३०, सोमबार
सङ्घीयता सुदृढीकरणका लागि राष्ट्रिय बहस आवश्यकः सभापति लामिछाने
२०८३ कार्तिक ३०, सोमबार
सरकारी खरिद ढिलाइ हुँदा सस्तोमा धान बेच्दै किसान
२०८३ कार्तिक ३०, सोमबार