कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

राष्ट्रियता बलियो पार्न नागरिकता विधेयकः गृहमन्त्री खाण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले नेपालको राष्ट्रियता बलियो पार्न नागरिकता विधेयक ल्याइएको दावी गर्नु भएको छ । उहाँले नागरिकता विधेयकको बारेमा गलत विश्लेषण नगर्न सबैलाई आग्रह पनि गर्नुभएको छ ।

नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३, रुपन्देहीले भैरहवामा आयोजना गरेको विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत तथा छठ पर्व २०७९ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै गृहमन्त्री खाणले सम्पूर्ण नेपाली नागरिकले नागरिकता पाउनुपर्ने बताउनु भयो ।

उहाँले नागरिकलाई नागरिकताबाट वञ्चित गराउनु संविधानको बर्खिलाप हुने बताउदै राष्ट्रपतिबाट नागरिकता बिधेयक प्रमाणिकरण नभएका कारण लाखौं नेपाली नागरिकको भबिष्य अन्यौलमा रहेको बताउनु भयो ।

उहाँले संविधान अनुसार नै नागरिकता विधेयक ल्याइएको दावी गर्नुभयो । उहाँले भननु भयो, ‘लाखौं नेपाली युवायुवती नागरिकताबाट वञ्चित भएका छन्, नागरिकता प्राप्त आमाबुवाका सन्तान अनागरिक भएर बस्न बाध्य छन्, नागरिकता नभएको कारण असहजताको जीवन बाँच्नुपरेको छ ।’

उहाँले नागरिकताको समस्या मधेशको मात्र समस्या नभएको बताउनु भयो । त्यस्तै संसारभर छरिएर रहेका गैरआवासीय नेपाली नागरिकलाई नागरिकता दिन विधेयक ल्याइएको उहाको भनाइ थियो । दुईपटक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित नागरिकता विधेयक संविधान प्रतिकुल नभएको उहाँको जिकिर छ ।

उहाले भन्नु भयो, ‘नागरिकता विधेयकबारे राष्ट्रपतिबाट आएको सुझाव सल्लाहलाई सम्मान गरेका छौं, तर उहाँले उठाउनुभएको विषय सम्बोधनका लागि संविधान संशोधन गर्नुपर्छ, त्यसका लागि राष्ट्रिय सहमतिको आवश्यकता हुन्छ ।’

उहाँले मंसिर ४ गते हुने निर्वाचनमा नेपाली कांग्रेससँगै गठबन्धनलाई जिताउनु आवश्यक रहेको बताउनु भयो । कांग्रेस क्षेत्र नम्बर ३ का सभापति सुशिल गुरुङको अध्यक्षता तथा सचिव लेखनाथ भट्टराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘विपद्का बेला नेपाली सेनाको बहुआयामिक भूमिका, उद्धारदेखि पुनःस्थापनासम्म सक्रिय’
२०८३ कार्तिक ३०, सोमबार
‘कार्बन बजारमा संसदीय निगरानी र समुदायको लाभ सुनिश्चित हुनुपर्छ’ : डा. कार्की
२०८३ कार्तिक ३०, सोमबार
सञ्चारमाध्यमको कोष विवादमा चेक गणतन्त्रमा विशाल प्रदर्शन
२०८३ कार्तिक ३०, सोमबार
राष्ट्रपति पौडेलसमक्ष तीन नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
२०८३ कार्तिक ३०, सोमबार
रास्वपा सांसद अमरेशकुमार सिंहले थाले मेची–महाकाली पदयात्रा
२०८३ कार्तिक ३०, सोमबार
सङ्घीयता सुदृढीकरणका लागि राष्ट्रिय बहस आवश्यकः सभापति लामिछाने
२०८३ कार्तिक ३०, सोमबार
सरकारी खरिद ढिलाइ हुँदा सस्तोमा धान बेच्दै किसान
२०८३ कार्तिक ३०, सोमबार