वैशाख २०, २०८१ बिहिबार May 2, 2024

बालबालिकाकाे सिकाइमा सहयाेग गर्ने ८ उपयाेगी वेबसाइट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैंः प्रविधिकाे जमानामा बालबालिकाहरुले ल्यापटप, कम्प्युटर अथवा माेबाइल फाेन प्रयाेग गर्नु सामान्य बन्दै गइरहेकाे छ । अर्काे पाटाेमा ‘माेबाइल अथवा ल्यापटपमा धेरै समय’ भनेर  अभिभावकहरुले गर्ने  गुनासाे छँदै छ । तर सही प्रविधिसँग उनीहरु परिचित भए भने त्यसले एउटा राम्राे नतिजा ल्याउँदछ ।

बालबालिकालाई पढाउने, सामान्य सीपहरु सिकाउने वेबसाइटहरु धेरै छन्, जहाँ अभिभावक अथवा शिक्षकशिक्षिकाले सहजीकरण गरि दिएर उनीहरुलाई सिकाउन सकिन्छ । आज हामी तीमध्ये ८ वेबसाइटकाे चर्चा गर्दैछाैँ, जसले बालबालिकालाई प्रविधिसँग थप परिचित गराउनुका साथै उसकाे पढाइ र व्यक्तिगत विकासमा समेत सहयाेग गर्दछ ।

१. कुल म्याथ

याे वेबसाइटले आफैंलाई ‘गणितको एक मनोरञ्जन पार्क’ भनेर व्याख्या गर्दछ । हुन पनि हाे,  यस वेबसाइटमा  बालबालिकाले गणितकाे जाेड, घटाउ, भाग र गुणाहरु अनलाइन भिडिओ गेम खेल्दै सिक्न सक्छन् ।

यसमा भएका कार्टुन जस्ता ग्राफिक्सहरुका कारण बालबालिकाहरुले याे वेबसाइटलाई चाँडै मन पराउने छन् । वेबसाइटका अरु सिस्टर वेबसाइटहरु उमेर विशेष बालबालिकाहरुमा केन्द्रित छन् ।

कुलम्याथ फाे किड्स डट कम ३ देखि १२ वर्षका बालबालिकालाई उपयुक्त हुन्छ । त्यस्तै कुलम्याथ  १३  वर्षदेखि माथिका बालबालिकालाई उपयुक्त हुन्छ ।

२. नेसनल जिओग्राफिक किड्स

यस वेबसाइटबाट बालबालिकाहरुले जनावरहरु, प्रकृतिका सुन्दर फाेटाे, विभिन्न देश र विज्ञानका विभिन्न कुराहरु थाहा पाउन सक्छन् ।

साथै यहाँ विभिन्न भिडिओ गेम, पजलहरु, खाली ठाउँ भर लगायत अरु धेरै कुराहरु उपलब्ध छन् । जसले बालबालिकालाई सिकाइमा मद्दत गर्दछ ।

३. स्टारफल

याे वेबसाइट सन् २००२ बाट सञ्चालन भइरहेकाे छ । यसमा सिकाइका लागि मद्दत हुने विभिन्न भिडि‌ओ गेम र अरु क्रियाकलापहरु रहेका छन् ।

विशेष गरेर याे वेबसाइटबाट बालबालिककालाई गणित, लेखाइ, पढाइ र सङ्गीत सिकाउन सकिन्छ ।

४. द किड्स पेज

यस वेबसाइटमा ५ हजारभन्दा धेरै सिकाइमा सहयाेग गर्ने भिडि‌ओ गेमका पृष्ठहरू रहेका छन् ।

यसबाहेक विभिन्न दिवस  तथा बिदा विशेष बनाइएका भागहरु छन्, जसमा बालबालिकाले खेल्दै धेरै कुराहरु सिक्न सक्छन् ।

५. फन ब्रेन

यस वेबसाइटमा भएकाे निकै आकर्षक ग्राफिक्स र भिडिओ गेमहरुका कारण बालबालिका निकै खुसी हुनेछन् । यसमा उनीहरुले गणित, विज्ञान विषयका कुराहरु सिक्न सक्नेछन् ।

साथै याे वेबसाइटले बालबालिकाकाे पढाइ, लेखाइमा समेत निकै मद्दत गर्ने छ ।

६. निक जुनियर

यस वेबसाइटमा बालबालिकाहरुका लागि विभिन्न खेल तथा अन्य गतिविधिहरु रहेका छन् । जसमा खेल्दै बालबालिकाहरुकाे रचनात्मकता, सङ्गीत, पजल, संख्या र आकार पहिचान गर्न सिक्नेछन् ।

७. हाइलाइटस् फर किड्स

याे एक ६० वर्षभन्दा पुरानाे पत्रिका हाे । यसले तपाईंका बच्चाहरूका लागि खेल्ने, पढ्ने र सिक्ने वातावरण अनलाइनबाट मिलाइदिने गर्दछ ।

वेबसाइटमा जाेडा मिलाउने खेलहरु, कला सम्बन्धी क्रियाकलापहरु, एनिमेटेड कथाहरु र विज्ञानका कुराहरु  बच्चाहरुले रमाइलाे तरिकाले सिक्न सक्नेछन् ।

८. लर्निङ  गेम्स फाेर किड्स

नामजस्तै यस वेबसाइटले आफ्नाे काम गर्ने गर्दछ । वेबसाइटमा विभिन्न विषयहरुमा बालबालिकाले खेल्ने भिडिओ गेमहरु रहेका छन् ।

हिज्जे, सामाजिक अध्ययन, विज्ञान, कला, साहित्य, टाइपिङ लगायत अन्य विषयहरुमा भिडिओ गेमहरु यसमा उपलब्ध छन् । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री
२०८१ वैशाख २०, बिहिबार
टाढाका विद्यार्थीलाई आवासीय सुविधा
२०८१ वैशाख २०, बिहिबार
मन्त्रीपरिषद् बैठक बस्दै, बजेट अधिवेशन बोलाउने तयारी
२०८१ वैशाख २०, बिहिबार
श्रीलंकाको राष्ट्रपति निर्वाचनमा विक्रमासिङ्घे र राजापाक्षे भिड्ने सम्भावना
२०८१ वैशाख २०, बिहिबार
आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु
२०८१ वैशाख २०, बिहिबार
विद्यार्थीहरुलाई पुरा जानकारी लिएर मात्र क्यानडा आउन दुताबासको चेतावनी
२०८१ वैशाख २०, बिहिबार
आर्थिक समृद्धिको नवीन आधार सूचना प्रविधिको विस्तार
२०८१ वैशाख २०, बिहिबार