असोज १७, २०८३ शनिबार October 3, 2026

५० मेगापिक्सेल क्यामेरा भएको ‘ओप्पो ए१७’ बजारमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः पछिल्ला केही हप्तामा धेरै विवरण बाहिरिसकेको स्मार्टफोन ओप्पो ए१७ अन्तत: सार्वजनिक भएको छ ।

मिडियाटेक चिपसेट, डुअल क्यामेरा, राम्रो ब्याट्री क्षमता लगायत फिचरसहित यो फोन हाल मलेसिया र सिंगापुरको बजारका लागि सार्वजनिक भएको छ । फोनमा ६० हर्ज रिफ्रेस रेटसहित ६.५६ इन्चको डिस्प्ले उपलब्ध छ । त्यस्तै ५० मेगापिक्सेलको मुख्य क्यामेरा र ५ मेगापिक्सेलको सेल्फी क्यामेरा छ ।

मिडियाटेक हेलियो जी३५ चिपसेट भएको यो फोन ४ जीबी र्‍याम र ६४ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध छ । त्यस्तै फोनमा ५००० एमएएचको ब्याट्री दिइएको छ । फोनको अर्को विशेषता भनेको यसको पछाडिको भाग हो ।

फोनको पछाडिको कभर लेदरको रहेको छ । यसले गर्दा फोन कोरिने लगायत अन्य समस्याबाट जोगिने बताइएको छ ।

लेक ब्लु र मिडनाइट ब्ल्याक रंगमा उपलब्ध यो फोनको मूल्य १३० डलर (करिब १८ हजार रुपैयाँ) तोकिएको छ । मलेसियाको बजारमा फोनको बिक्री सुरु भइसकेको ५ भने सिङ्गापुरमा फोनको प्रि-बुकिङ सुरु भइसकेको छ ।

३०० डलरभन्दा कम मूल्य भएका कारण नेपालमा पनि यो फोन चाँडै नै आउने अनुमान छ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै
२०८३ असोज १७, शनिबार
‘सांस्कृतिक राजा’को अवधारणासहित माओवादीले राजासँग सहकार्य खोजेको थियो : कमल थापा
२०८३ असोज १७, शनिबार
एसियाली खेलकुद : श्रीलंकाले जित्यो क्रिकेटमा कास्य पदक
२०८३ असोज १७, शनिबार
विराटनगरमा पहिलो पटक फोटो–भिडियो एक्स्पो हुँदै
२०८३ असोज १७, शनिबार
प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल
२०८३ असोज १७, शनिबार
कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो
२०८३ असोज १७, शनिबार
बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत
२०८३ असोज १७, शनिबार