वैशाख २१, २०८१ शुक्रबार May 3, 2024

चिनियाँ राजदूत यान्छीको सकियो कार्यकाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी अर्को महिना चीन फर्कने भएकी छन् । आफनो चार वर्षे कार्यकाल पूरा गरी यान्छी अर्को महिना चीन फर्किन लागेकी हुन् ।

चीन सरकारले राजदूत होउलाई बढुवा गरी दक्षिण पूर्व एसियाली राष्ट्रहरूको संगठन एसोसिएसन अफ साउथ इस्ट एसिएन नेसन्स (आसियान) क्षेत्रको राजदूतको रुपमा पठाउने भएको बताइएको छ ।

राजदूत होउ फर्केसँगै नेपालका लागि नयाँ राजदूतमा को आउने हो ? त्यसबारेमा भने कुनै निर्णय चिन सरकारले सार्वजनिक गरेको छैन । यान्छी सन् २०१८ डिसेम्बरमा नेपालका लागि चिनियाँ राजदूतका रुपमा नेपाल आएकी थिइन् ।

उनले अबको एक महिना राष्ट्रपति, प्रधानमन्त्रीदेखि राजनीतिक दलका शीर्ष नेताहरुसँग बिदाई भेट गर्नेछिन् । -न्युज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया