कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

प्रतिनिधि सभा भङ्ग गर्नेलाई सजाय दिने सुनौलो अवसर आयो : मन्त्री चौधरी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेकपा (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले जनताको सर्वोच्च निकाय प्रतिनिधि सभा भङ्ग गर्नेहरूलाई जनताले सजाय दिने सुनौलो अवसर आएको बताएका छन् ।

एकीकृत समाजवादी क्षेत्र नं १, दाङको आयोजनामा सोमबार लमहीमा आयोजित दसैँ तथा तिहारको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै मन्त्री चौधरी यस्तो बताएका हुन् ।

नयाँ संविधानमार्फत गणतन्त्र पनि सबै मिल्दा मात्र सम्भव भएको भन्दै अब फेरि जसले जनताको सर्वोच्च निकाय प्रतिनिधि सभा दुई दुई पटक भङ्ग गर्‍यो त्यसलाई सजाय दिने सुनौलो अवसर आएको बताएका छन् ।

नयाँ संविधान समावेशी, प्रगतिशील, महिला मैत्री, सीमान्तकृत जन जातिका पक्षमा रहेकाले यसलाई समाप्त पार्न केपी ओली लागेको बताउँदै मन्त्री चौधरीले थपे, ‘विश्वमै उत्कृष्ट संविधान हामीले बनाएका थियौँ ।

जनताको ठुलो त्याग र बलिदानबाट बनेको नयाँ संविधानमाथि किन निरन्तर प्रहार भयो, किन  त्यत्रो उपलब्धि समाप्त पार्न खोजियो भन्ने कुरा अब जनताले बुझिसकेका छन् । राष्ट्रिय सभाको चुनावदेखि स्थानीय चुनावसम्म आइपुग्दा ओलीजीको एमाले पार्टी रक्षात्मक बन्दै गएको छ र अबको चुनावबाट समाप्त हुने दिशातर्फ उन्मुख भएको छ ।’ रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘विपद्का बेला नेपाली सेनाको बहुआयामिक भूमिका, उद्धारदेखि पुनःस्थापनासम्म सक्रिय’
२०८३ कार्तिक ३०, सोमबार
‘कार्बन बजारमा संसदीय निगरानी र समुदायको लाभ सुनिश्चित हुनुपर्छ’ : डा. कार्की
२०८३ कार्तिक ३०, सोमबार
सञ्चारमाध्यमको कोष विवादमा चेक गणतन्त्रमा विशाल प्रदर्शन
२०८३ कार्तिक ३०, सोमबार
राष्ट्रपति पौडेलसमक्ष तीन नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
२०८३ कार्तिक ३०, सोमबार
रास्वपा सांसद अमरेशकुमार सिंहले थाले मेची–महाकाली पदयात्रा
२०८३ कार्तिक ३०, सोमबार
सङ्घीयता सुदृढीकरणका लागि राष्ट्रिय बहस आवश्यकः सभापति लामिछाने
२०८३ कार्तिक ३०, सोमबार
सरकारी खरिद ढिलाइ हुँदा सस्तोमा धान बेच्दै किसान
२०८३ कार्तिक ३०, सोमबार