काठमाण्डौः प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आगामी ४ मंसिरको निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरेका छन् ।
तीन पटक लगातार प्रतिनिधिसभामा पुर्याएका सिन्धुपाल्चोकका मतदातालाई धन्यवाद दिँदै आगामी निर्वाचनमा सहभागी नहुने घोषणा गरेका हुन् । संसदीय भूमिकामा नरहे पनि देश, जनता र अग्रगमनको पक्षमा क्रियाशिल रहने उनले बताएका छन् । उनले यसअघि सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट जितेका थिए ।
यसअघि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र पूर्वसभामुख कृष्ण महराले पनि निर्वाचनमा सहभागी नहुने घोषणा गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया