कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

सर्लाहीमा सहकारी संस्थाका प्रमुखमाथि गोली प्रहार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः सर्लाहीको मिलन चोकस्थित एक सहकारी संस्थाका प्रमुखमाथि लुटेरा समूहले दिनदहाडै गोली प्रहार गरेको छ । रकम लुट्ने प्रयास गरेको लुटेरा समूहले सहकारीका प्रमुखमाथि तीन राउन्ड गोली प्रहार गरेको हो ।

वागमती नगरपालिका–१ मिलन चोकस्थित सगुन बचत तथा ऋण सहकारी संस्थाका सेवा केन्द्रमा बुधबार बिहान साढे १० बजे लुटेरा समूहले गोली चलाएको थियो । भारतीय नम्बरको मोटरसाइकलमा तीन जनाको समूहमा आएको लुटेराले सेवा केन्द्रका प्रमुख लालबन्दी नगरपालिका–२ जुटपानीका ३० वर्षीय साजन कार्कीलाई रकम राखिएको झोला दिन धाकधम्की दिएका थिए । त्यस क्रममा कार्कीले प्रतिकार गर्दा लुटेरा समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

कार्कीको दाहिने पाखुरा, दाहिने कोखा, बायाँ कोखा र दाहिने तिघ्रामा गोली लागेको प्रहरीले जनाएको छ । गम्भीर घाइते उनलाई हरिवनस्थित सरस्वती अस्पतालमा सामान्य उपचारपछि काठमाडौं रेफर गरिएको छ ।

कार्की हरिवन बजारमा रहेको मुख्य कार्यालयबाट झोलामा पैसा बोकेर सेवा केन्द्र पुगेका थिए । लुटेराको समूह पुग्नुभन्दा अगावै उनले सो रकम लकरभित्र राखिसकेकाले लुटपाट हुनबाट जोगिएको प्रहरीले अनुसन्धानबाट खुलेको जनाएको छ ।

प्रहरीले घटनाबारे अनुसन्धान थाल्नुका साथै लुटेराहरूको खोजी गरिरहेको जनाएको छ ।न्यूजकारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘कार्बन बजारमा संसदीय निगरानी र समुदायको लाभ सुनिश्चित हुनुपर्छ’ : डा. कार्की
२०८३ कार्तिक ३०, सोमबार
सञ्चारमाध्यमको कोष विवादमा चेक गणतन्त्रमा विशाल प्रदर्शन
२०८३ कार्तिक ३०, सोमबार
राष्ट्रपति पौडेलसमक्ष तीन नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
२०८३ कार्तिक ३०, सोमबार
रास्वपा सांसद अमरेशकुमार सिंहले थाले मेची–महाकाली पदयात्रा
२०८३ कार्तिक ३०, सोमबार
सङ्घीयता सुदृढीकरणका लागि राष्ट्रिय बहस आवश्यकः सभापति लामिछाने
२०८३ कार्तिक ३०, सोमबार
सरकारी खरिद ढिलाइ हुँदा सस्तोमा धान बेच्दै किसान
२०८३ कार्तिक ३०, सोमबार
गौरीघाटमा उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व विधिवत रुपमा सम्पन्न
२०८३ कार्तिक ३०, सोमबार