कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

प्रधानमन्त्री देउवा र अमेरिकाका राजदूत थम्पसनबीच शिष्टाचार भेटवार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौ : प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष नेपालका लागि अमेरिकाका नवनियुक्त राजदूत डिन रिचार्ड थम्पसनले शिष्टाचार भेट गर्नुभएको छ । आफ्नो कार्यकालको सुरुवातमै प्रधानमन्त्री देउवासमक्ष उहाँले नेपालको आर्थिक विकासमा सघाउँदै दुईपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन भूमिका खेल्ने विश्वास दिलाउनुभएको हो ।

सो भेटवार्तामा दुई देशको औपचारिक कूटनीतिक सम्बन्धको लामो इतिहास स्मरण गर्दै विविध मुद्दामा थप साझेदारी गर्न पहल गर्ने राजदूत थम्पसनले प्रतिबद्धता जनाउनुभएको हो ।

त्यस्तै उहाँले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग शिष्टाचार भेट गर्नुभएको छ । सो क्रममा नेपाल–अमेरिका र विश्व समुदायका महत्त्वपूर्ण मुद्दामा थप सहकार्य गरेर अघि बढ्ने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मित्रराष्ट्र अमेरिकाले नेपाललाई दिगो र समावेशी आर्थिक विकासको लक्ष्य हासिल गर्न निरन्तर सघाउने प्रतिबद्धता जनाएको छ । नेपालका लागि अमेरिकाका तर्फबाट नवनियुक्त राजदूत डिन रिचार्ड थम्पसनले आफ्नो पहिलो वक्तव्य जारी गर्दै जलवायु सङ्कटले हिमालय क्षेत्रमा प्रभाव पारिरहँदा अमेरिकाले नवीन कार्यक्रम र साझेदारीमार्फत नेपालको जलवायु उत्थानशीलतालाई बलियो बनाउन मद्दत गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।

नेपालका लागि अमेरिकको राजदूतका रूपमा काम गर्न पाउनु आफ्नो सम्मानको विषय भएको उल्लेख गर्दै राजदूत थम्पसनले सार्वभौमसत्ता र साझा मूल्यमान्यताको सम्मानमा आधारित नेपाल–अमेरिका सम्बन्धप्रति अटल प्रतिबद्ध रहेको जानकारी दिनुभएको छ ।

उहाँले वक्तव्यमार्फत भन्नुभएको छ, “अहिलेको क्षण हाम्रा दुई मुलुकका लागि महत्वपूर्ण क्षण हो र म हाम्रो समयका सबैभन्दा महत्वपूर्ण मुद्दालाई सम्बोधन गर्न सबै नेपालीसँग सहकार्य गर्न उत्सुक छु ।”

साथै नेपालको नागरिक समाज, स्वतन्त्र मिडिया र सरकारसँग सहकार्य गर्दै दुई देशले भ्रष्टाचार, दुष्प्रचार र दमनबाट मुक्त रही निरन्तर लोकतन्त्रको रक्षा र जनताको इच्छाशक्तिलाई सुदृढ गर्न अग्रसर हुने राजदूत थम्पसनले जनाउनुभएको छ । नेपाल–अमेरिकाबीचको कूटनीतिक सम्बन्धको ७५औँ वर्षगाठको अवसरमा आफ्नो कार्यकालभन्दा अगाडिको समय हेर्दै पछिल्ला ७५ वर्षका ठूला उपलब्धिलाई उछिन्ने आशा उहाँले व्यक्त गर्नुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘कार्बन बजारमा संसदीय निगरानी र समुदायको लाभ सुनिश्चित हुनुपर्छ’ : डा. कार्की
२०८३ कार्तिक ३०, सोमबार
सञ्चारमाध्यमको कोष विवादमा चेक गणतन्त्रमा विशाल प्रदर्शन
२०८३ कार्तिक ३०, सोमबार
राष्ट्रपति पौडेलसमक्ष तीन नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
२०८३ कार्तिक ३०, सोमबार
रास्वपा सांसद अमरेशकुमार सिंहले थाले मेची–महाकाली पदयात्रा
२०८३ कार्तिक ३०, सोमबार
सङ्घीयता सुदृढीकरणका लागि राष्ट्रिय बहस आवश्यकः सभापति लामिछाने
२०८३ कार्तिक ३०, सोमबार
सरकारी खरिद ढिलाइ हुँदा सस्तोमा धान बेच्दै किसान
२०८३ कार्तिक ३०, सोमबार
गौरीघाटमा उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व विधिवत रुपमा सम्पन्न
२०८३ कार्तिक ३०, सोमबार