काठमाडौंः नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आफ्नो कार्यकाल पूरा भएको बताएकी छन् । उनले मंगलबार एक ट्विट गर्दै आफ्नो कार्यकाल सफल रुपमा पूरा गरेको र आफू अब मैत्रीपूर्ण र सुन्दर छिमेकी देश नेपाल छाडेर जान लागेको बताएकी हुन् ।
राजदूत यान्छीले ट्विट गर्दै भनेकी छन्, मेरो कार्यकाल पूरा गरें, म मैत्रीपूर्ण र सुन्दर छिमेकी नेपाल छाडेर जाँदैछु । उनले आफ्ना सम्पुर्ण नेपाली मित्रहरुलाई हार्दिक धन्यवाद ज्ञापन गरेकी छन् । नेपालमा रहँदा मित्रता गाँसिएका साथीहरूसँग सधैं कदर गर्ने उनले बताइन् ।
राजदूत यान्छीले यसअघि नै सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री बालकृष्ण खाँणसँग शिष्टाचार बिदाई भेट गरेकी थिइन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया