कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

विनोद चौधरी जिताउन असन्तुष्ट माओवादीको प्रतिबद्धता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः पश्चिम नवलपरासीमा सत्ता गठबन्धनमा भएका आन्तरिक विवाद मिलाउन नेपाली काङ्ग्रेसबाट क्षेत्र नं १ का उम्मेदवार बनेका विनोद चौधरी दिनहुँ लागेका छन् ।

जिल्लामा नेपाली काङ्ग्रेसबाट उनले टिकट पाएपछि काँग्रेसभित्रै असन्तुष्टि चुलिएको थियो भने भागबन्डा नमिलेका कारण नेकपा माओवादी र नेकपा एस तथा लोसपाले पनि अलग अलग क्षेत्रमा उम्मेदवारी दिएका थिए । काँग्रेसका केन्द्रीय सदस्यसमेत रहेका अर्बपति उद्योगी चौधरीले आफ्नो दलभित्र मात्रै होइन गठबन्धन दलमा भएका विवाद क्रमशः मिलाउन थालेका छन् ।

उम्मेदवारी दर्तापछि काँग्रेसबाटै प्रतिनिधि सभामा आकाङ्क्षी रहेकाहरू उनको प्रचारमा नदेखिएपछि अहिले क्रमशः त्यो समस्या समाधान गरिसकेका छन् चौधरीले । यसअघि माओवादीको तर्फबाट बागी उम्मेदवार दिएकाले पनि चौधरीको पहलमा उम्मेदवारी निष्क्रिय पारेका छन् भने शनिवार माओवादी नेताहरूले सामूहिक विज्ञप्ति जारी गरेर केन्द्रको निर्णयअनुसार जिल्लामा गठबन्धन बलियो बनाउने र साझा उम्मेदवार विनोद चौधरीलाई जिताउने गरी एकजुट हुने निर्णय सार्वजनिक गरेका छन् ।

विज्ञप्तिमा माओवादीका जिल्ला इन्चार्ज घनश्याम यादव, केन्द्रीय सदस्य राजु हरिजन, प्रदेश सदस्य सुभान अली अन्सारी, जिल्ला सचिव ध्रुवनाथ पाण्डे र इन्चार्ज भीमसेन थापाले हस्ताक्षर गरेका छन् ।

भागबन्डा नमिलेपछि असन्तुष्ट समूहको विवाद मिल्दे गएको कांग्रेस नेताहरूको दाबी छ । यो क्षेत्रबाट तीन दशकयता निरन्तर लड्दै आएका जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीलाई एमालेले समर्थन गरेपछि चौधरीलाई चुनौती थपिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपा सांसद अमरेशकुमार सिंहले थाले मेची–महाकाली पदयात्रा
२०८३ कार्तिक ३०, सोमबार
सङ्घीयता सुदृढीकरणका लागि राष्ट्रिय बहस आवश्यकः सभापति लामिछाने
२०८३ कार्तिक ३०, सोमबार
सरकारी खरिद ढिलाइ हुँदा सस्तोमा धान बेच्दै किसान
२०८३ कार्तिक ३०, सोमबार
गौरीघाटमा उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व विधिवत रुपमा सम्पन्न
२०८३ कार्तिक ३०, सोमबार
एनपिएलको लिग चरण सम्पन्न : लुम्बिनी शीर्ष स्थानमा, सुदूरपश्चिम, काठमाण्डु र चितवन प्लेअफमा
२०८३ कार्तिक ३०, सोमबार
सभामुख अर्यालद्वारा सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण
२०८३ कार्तिक ३०, सोमबार
सुनचाँदीको मूल्य घट्यो
२०८३ कार्तिक ३०, सोमबार