काठमाण्डौः अभिनेता प्रदीप खड्काले नेपाली कांग्रेसका उम्मेदवार गगन थापाका लागि मत मागेका छन् ।
उनले काठमाडौँ क्षेत्र नम्बर ५ बाट सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका गगन थापाको चुनावी प्रचारमा सहभागी हुँदै मत मागेका हुन् ।
अभिनेता खड्का र उम्मेदवार थापा बुधबार बुढानिलकण्ठ वडा नम्बर १२ मा मत माग्दै हिँडेका हुन् । खड्का मंगलबार विनोद चौधरीका लागि मत माग्न नवलपरासी पुगेका थिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया