श्रावण ७, २०८२ बुधबार July 23, 2025

आईएमई पेको हवाई यात्रा अफर : विजेताले एक रुपैयाँमा हवाई यात्रा गर्न पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः आईएमई पेले हवाई यात्रा अफर सार्वजनिक गरेकाे छ । प्रतिनिधि सभा र प्रदेश सभा चुनावकाे अवसरलाई मध्यनजर गर्दै आईएमईले हवाई यात्रा अफर ल्याएकाे हाे।

अफर अनुसार आईएमई पे एपमार्फत् हवाई टिकट काट्नेमध्ये हरेक दिन एक जना भाग्यशाली विजेताले एक रुपैयाँमा हवाई यात्रा गर्न पाउने छन् । प्रयोगकर्ताहरुले हवाई टिकट खरिद गर्दा कुल रकममै खरिद गर्नु परे पनि विजेता घाेषित भएपछि एक रुपैयाँबाहेक सबै रकम फिर्ता हुने आईएमईले जनाएकाे छ ।

चुनावमा मतदातालाई मताधिकार प्रयाेग गर्न सहज हाेस् भन्ने उद्देश्यले अफर ल्याइएकाे आईएमईकाे दाबी छ । याे अफर कात्तिक ३० गते बुधवारदेखि सुरु भएकाे थियाे । अफर म‌ंसिर ९ गतेसम्म कायम रहने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया