असोज १७, २०८३ शनिबार October 3, 2026

आईफोनको ब्याट्री लाइफ यसरी बढाउनुहोस्, टिप्स सहित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः एप्पलले आफ्नो आईफोनमा राम्रो ब्याट्री लाइफ दिने गरेको छ। तर स्मार्टफोनको प्रयोग धेरै हुने भएकाले सबैलाई ब्याट्री बचाउन आवश्यक पर्छ। तर धेरै प्रयोगकर्तालाई आईफोनमा ब्याट्री कसरी बचत गर्न सकिन्छ भन्ने थाहा नहुन सक्छ।

यस्तोमा एप्पलले आफ्नै वेबसाइटमा ब्याट्रीको लाइफ कसरी बढाउने भनेर टिप्स दिएको छ।

आईफोनको ब्याट्री लाइफ बढाउने तरिका

सबैभन्दा पहिला आईफोनको सेटिङमा जाने

जनरलमा ट्याप गर्ने

त्यसपछि सफ्टवेयर अपडेट गर्ने

यदि तपाईको आईफोनमा नयाँ अपडेट उपलब्ध छ भने त्यहाँ देखिन्छ। त्यस्तो भएन भने त्यहाँ तपाईसँग लेटेस्ट सफ्टवेयर रहेको भनेर लेखिएको हुन्छ। यदि नयाँ अपडेट छ भने त्यसमा ट्याप गरेर फोनको सफ्टवेयर अपडेट गर्नुपर्छ।

तपाईको आईफोनमा चार्ज छैनमा पहिला फुल चार्ज गर्नुपर्छ। त्यसपछि राम्रो नेटवर्क आउने स्थानमा गएर अपडेट शुरु गर्नपर्छ।

यसका साथै तपाईले आईफोनलाई आफ्नो कम्प्युटरमा प्लग इन गरेर आईट्यून्सको लेटेस्ट सफ्टवेयर अपडेट गर्न सक्नु हुनेछ

आईफोनको स्क्रीन ब्रायटनेस एडजस्ट गरेर तथा वाईफाई कनेक्सनको उपलब्धतामा प्रयोग गरेर आईफोनको ब्याट्री लाइफ बचाउन सकिन्छ। साथै आईफोनको स्क्रीन ब्राइटनेस कम गर्न सकिन्छ वा अटो मोटमा पनि राख्न सकिन्छ।

ब्राइटनेस कम गर्ने र अटो ब्राइटनेस अन गर्ने

आईफोनको कन्ट्रोल सेन्टर खोल्ने

स्लाइडरबाट ब्राइटनेस सेट गर्ने

अटो ब्राइटनेस अन गर्नका लागि आईफोनको सेटिङमा जाने।

जनरलमा ट्याप गर्ने

त्यसपछि एक्सेसिबिलिटीमा ट्याप गर्ने

अनि डिस्प्ले एकोमोडेसनमा ट्याप गर्ने

अन्तिमा अटो ब्राइनेस अन सेट गर्ने

लो पावर मोड अन

आईफोनमा लो पावर मोड पनि उपलब्ध छ। यदि आईफोनको ब्याट्री २० प्रतिशतसम्म छ भने तपाईलाई लो पावर मोडको सूचना प्राप्त हुन्छ। जसमा ट्याप गरेर लो पावर मोडलाई अन गर्न सकिन्छ।

यसलाई म्यानुअली पनि सेट गर्न सकिन्छ।

यसका लागि आईफोनको सेटिङमा जाने

तल स्क्रोल गर्दै ब्याट्रीमा ट्याप गर्ने

त्यसपछि लो पावर मोड इनेबल गर्नका लागि टोगल अन गर्ने

प्रयोगकर्ता आईफोनको ब्याट्री सेटिङमा गएर आफ्नो आईफोनको ब्याट्री यूसेज पनि हेर्न सक्छन्। ब्याट्री खपत क मगर्नका लागि यूजर्स ब्याकग्राउन्ड एप रिफ्रेस र लोकेसन सर्भिसेज पनि अफ गर्न सकिन्छ।

एपका लागि लोकेसन सर्भिस बन्द गर्ने

सबैभन्दा पहिला आईफोन सेटिङमा जाने

त्यसपछि प्राइभेसीमा ट्याप गर्ने

अनि लोकेसन सर्भिसमा ट्याप गर्ने

अन्तिममा तपाईको लोकेसन सर्भिस उपयोग गर्ने एपहरुको एउटा लिस्ट आउँछ। जसको अगाडी टोगल बनेको हुन्छ र तपाईले आफ्नो आवश्यकता अनुसार यसलाई बन्द गर्न सक्नु हुनेछ।

एपलाई ब्याकग्राउन्डमा रिफ्रिस हुनबाट रोक्ने

यसका लागि पनि सेटिङमा जानु पर्ने हुन्छ

जनरलमा ट्याप गर्ने

त्यसपछि ब्याकग्राउन्ड एप रिफ्रेसमा ट्याप गर्ने

अन्त्यमा ब्याकग्राउन्ड एप रिफ्रेस बन्द गर्नका लागि अफ विकल्प छनोट गर्ने । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै
२०८३ असोज १७, शनिबार
‘सांस्कृतिक राजा’को अवधारणासहित माओवादीले राजासँग सहकार्य खोजेको थियो : कमल थापा
२०८३ असोज १७, शनिबार
एसियाली खेलकुद : श्रीलंकाले जित्यो क्रिकेटमा कास्य पदक
२०८३ असोज १७, शनिबार
विराटनगरमा पहिलो पटक फोटो–भिडियो एक्स्पो हुँदै
२०८३ असोज १७, शनिबार
प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल
२०८३ असोज १७, शनिबार
कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो
२०८३ असोज १७, शनिबार
बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत
२०८३ असोज १७, शनिबार