असोज १७, २०८३ शनिबार October 3, 2026

एप्पल आपूर्तिकर्ता फक्सकनले किन माग्यो माफी ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः एप्पल आपूर्तिकर्ता फक्सकनले आफ्नो भुक्तान प्रणालीमा ‘प्राविधिक त्रुटि’ को लागि माफी मागेको छ । चीनमा आईफोन कारखानामा विरोध प्रदर्शन चर्किरहेका बेला फक्सनले माफी मागेको हो । सयौं कामदारहरू केही दिनदेखि कोभिड प्रतिबन्धहरू र बाँकी तलब भुक्तानीको दाबी गर्दै झेंग्झाउ शहरमा रहेको विश्वको सबैभन्दा ठूलो आईफोन कारखानामा मार्च गरिरहेका छन् ।

प्रहरीले कर्मचारीहरूलाई कुटपिट गरेको प्रदर्शनको भिडियाे प्रत्यक्ष प्रसारण गर्नेहरूले बताएका छन् । गत महिना बढ्दो काेभिड संक्रमणबीच कारखाना बन्द भएको थियो । केही कामदारहरू कम्पनीबाट बिदा भएका थिए । त्यसपछि कम्पनीले उदार बोनसको वाचाका साथ नयाँ कामदारहरू भर्ना गरेको थियो ।

राष्ट्रिय स्वास्थ्य व्युरोका अनुसार बुधबार एकै दिनमा चीनमा ३१ हजार ४४५ जनामा संक्रमण देखिएको छ । बेइजिङको कठोर शून्य–कोभिड नीतिअन्तर्गत प्रकोप फैलिने वित्तिकै सम्पूर्ण शहरहरू बन्द गर्ने र संक्रमित बिरामीलाई क्वारेन्टाइनमा राखिन्छ जसका कारण सर्वसाधारण ठूलो सास्ती भोग्न बाध्य छन् । यस नीतिको सर्वसाधारणले विरोध गर्दै आएका छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै
२०८३ असोज १७, शनिबार
‘सांस्कृतिक राजा’को अवधारणासहित माओवादीले राजासँग सहकार्य खोजेको थियो : कमल थापा
२०८३ असोज १७, शनिबार
एसियाली खेलकुद : श्रीलंकाले जित्यो क्रिकेटमा कास्य पदक
२०८३ असोज १७, शनिबार
विराटनगरमा पहिलो पटक फोटो–भिडियो एक्स्पो हुँदै
२०८३ असोज १७, शनिबार
प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल
२०८३ असोज १७, शनिबार
कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो
२०८३ असोज १७, शनिबार
बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत
२०८३ असोज १७, शनिबार