कार्तिक ८, २०८३ आइतबार October 25, 2026

२२ वर्षपछि नुवाकोटको चौघडामा लाखेनाच सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

चौघडा । नेवार समुदायले आफ्नो परम्परागत मान्यतालाई मजबुत बनाउनका लागि मनाउँदै आएको लाखेनाचलाई यसवर्ष देखि चौघडास्थित सांस्कृति सम्पदा समितिले निरन्तरता दिने भएको छ ।

नेवार समुदायले विशेष पर्वका रुपमा नै मनाउँदै आएको लाखेनाच माओवादी द्वन्द्वका कारण २०५० सालदेखि बन्द हुँदै आएको थियो ।

त्यसपछि पनि स्थानीयहरुले आर्थिक अवस्था तथा अन्य कारणले त्यति चासो दिएका थिएनन् । यस पटकबाट भने स्थानीय संस्थाको सक्रियतामा लाखेनाच सुरु गरिएको चौघडा सांस्कृति सम्पदा समितिका अध्यक्ष बासुदेव श्रेष्ठले जानकारी दिनुभयो ।

उहाका अनुसार लाखेनाचका लागि स्थानीय रुपमा एक लाख २७ हजार सहयोग प्राप्त भएको छ । सो सहयोगपछि समितिले लाखेनाच का लागि चाहिने मुकुटो,ढलकी, झुर्मा लगायतका सामाग्री गरिद गरिएको जानकारी दिनुभयो ।

नागपञ्चीदेखि अर्थात निवारी समुदयादले मनाउने गठेमंगलबाट कृष्ण अष्टमीसम्म लाखेनाच मनाउने प्रचलन रहेको छ । अबदेखि यसरी नै लाखेनचलाई निरन्तरता दिने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

उहाले गाईजात्राका दिन लाखेनाचलाई अझ व्यवस्थित बनाउने भन्दै यसका लागि समाजका वुद्धिजीवीदेखि आम सर्वसाधारण र लिखुबासीलाई सहभागिता जनाउन आग्रह गर्नुभयो ।

गाउँपालिका अध्यक्ष धुव्र श्रेष्ठले परम्परागत संस्कृतिको जर्नेगर्न गाउँपालिका सँधै तयार रहेको भन्दे आफ्नोतर्फबाट पुर्ण सहयोग हुने जानकारीसमेत दिनुभयो ।

नुवाकोट जिल्लाका नेवार समुदाय रहेका स्थानमा लाखेनचको कार्यक्रम आयोजना गरिने प्रचलन रहेको छ ।

जिल्लाको त्रिशली,बेत्रावती, नुवाकोट,दुईपिपल लगायतका स्थानमा भव्य रुपमा लाखेनाच कार्यक्रम आयोजना गरिदै आएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
म्यानमामा एक्सप्रेस बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १२ घाइते
२०८३ कार्तिक ८, आइतबार
Police take action against 470 vehicles operators on Saturday alone
२०८३ कार्तिक ८, आइतबार
असोजमा पाँच अर्ब ९२ करोड को विद्युत् निर्यात
२०८३ कार्तिक ८, आइतबार
मौसम पूर्वानुमानमा एआई प्रयोगदेखि नयाँ राडार जडानसम्म, सरकारका दुई श्वेतपत्र सार्वजनिक
२०८३ कार्तिक ८, आइतबार
युक्रेनले स्टारलिङ्कको सेवा सर्त उल्लङ्घन गरेको मस्कको आरोप
२०८३ कार्तिक ८, आइतबार
पशुमा पूर्ण खोप कार्यक्रम खोप अभियान : महामारीजन्य रोग नियन्त्रण गर्न प्रभावकारी
२०८३ कार्तिक ८, आइतबार
कांग्रेसका २३० केन्द्रीय सदस्यलाई कात्तिक १२ गते शपथ गराउने तयारी
२०८३ कार्तिक ८, आइतबार