श्रावण ४, २०८२ आइतबार July 20, 2025

दोलखामा पराजयपछि एमालेका जिल्ला सचिवद्वारा राजीनामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेकपा एमालेका जिल्ला कमिटी सचिव हिराकुमार तामाङले आफ्नो पदबाट राजीनामाको घोषणा गरेका छन् ।

पार्टीले दोलखा जिल्लाको प्रतिनिधि सभा निर्वाचनमा पराजय बेहोरेपछि तामाङले राजिनामा दिएका हुन् र  सामाजिक सञ्जालमा तामाङले लेखेका छन्, ‘प्रतिनिधि सभा निर्वाचन २०७९ मा नेकपा एमाले दोलखाको पराजयमा नैतिक जिम्मेवारी लिँदै नेकपा एमाले जिल्ला कमिटीको सचिवबाट राजीनामा घोषणा गर्दछु ।’ तामाङ मैलुङ गाउँपालिकाका अध्यक्ष पनि हुन् ।

दोलखाको प्रतिनिधि सभातर्फ एमालेका बालकृष्ण शिवाकोटी पराजित भएका छन् । उनलाई नेकपा माओवादी केन्द्रका गङ्गा कार्कीले हराए । उता प्रदेशसभा–१ मा नेपाली कांग्रेका उम्मेदवार कुन्दनराज काफ्नो निर्वाचित भएका छन् भने प्रदेशसभा–२ मा एमालेका भरतबहादुर केसी निर्वाचित भएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया