असोज १७, २०८३ शनिबार October 3, 2026

भृकुटीमण्डपमा आजदेखि १०औँ फीन इलेक्ट्रोटेक मेला सञ्चालन हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः काठमाण्डौको भृकुटीमण्डपमा आजदेखि १०औँ फीन इलेक्ट्रोटेक मेला लाग्ने भएको छ ।

नेपालको एकमात्र इलेक्ट्रिकल एवम् इलेक्ट्रोनिक्स सामग्रीको अन्तर्राष्ट्रिय स्तरकै बृहत् प्रदर्शनी हुन लागेको हो । मेलामा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय इलेक्ट्रिक सामग्रीहरुको प्रदर्शनी हुनेछ। मेलाले इलेक्ट्रोनिक व्यवसायी, इञ्जिनियर विद्यार्थीलगायत सबै सरोकारवालालाई लाभ दिने नेपाल विद्युतीय व्यवसायी महासङ्घका अध्यक्ष सुदर्शनप्रसाद पौडेलले बताउनुभएको छ ।

आइतवारसम्म चल्न मेलामा झण्डै एक लाख जनाले अवलोकन गर्ने आयोजकको अनुमान छ। मेलामा अत्याधुनिक प्रविधियुक्त सामग्रीहरु प्रदर्शनीमा राखिने अध्यक्ष पौडेलले बताउनु भयाे। सन् १९९६ देखि हरेक २ वर्षमा हुँदै आएको मेला कोरोना महामारीका कारण यस पटक ४ वर्षमा हुन लागेको हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै
२०८३ असोज १७, शनिबार
‘सांस्कृतिक राजा’को अवधारणासहित माओवादीले राजासँग सहकार्य खोजेको थियो : कमल थापा
२०८३ असोज १७, शनिबार
एसियाली खेलकुद : श्रीलंकाले जित्यो क्रिकेटमा कास्य पदक
२०८३ असोज १७, शनिबार
विराटनगरमा पहिलो पटक फोटो–भिडियो एक्स्पो हुँदै
२०८३ असोज १७, शनिबार
प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल
२०८३ असोज १७, शनिबार
कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो
२०८३ असोज १७, शनिबार
बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत
२०८३ असोज १७, शनिबार