असार २२, २०८२ आइतबार July 6, 2025

कतार विश्व कप : इङ्ल्यान्डलाई हराउँदै फ्रान्स सेमिफाइनलमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः साविक विजेता फ्रान्स विश्व कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आज बिहान कतारको अलबेयत मैदानमा भएको अन्तिम क्वाटरफाइनल खेलमा इङ्ल्यान्डलाई २–१ गोलले हराउँदै फ्रान्स अन्तिम चारमा पुगेको हो । फ्रान्सका औरेलिएन चुआमेनी र ओलिभिएर जिरुडले गोल गरे ।

चुआमेनीले खेलको १७ औँ मिनेट र जिरुडले ७८ औँ मिनेटमा गोल गरे । खेलको दोस्रो हाफको सुरुमै इङ्ल्यान्डले पेनाल्टीमा गोल गरी खेलमा फर्किएको थियो । उसका ह्यारी केनले ५४ औँ मिनेटमा पेनाल्टीमा गोल गरे ।इङ्ल्यान्डले दोस्रो हाफको ६ मिनेट बाँकी रहँदा पुन: पेनाल्टीमार्फत् बराबरी गर्ने अवसर पाएको थियो । तर कप्तान ह्यारी केनले त्यसको सदुपयोग गर्न नसक्दा टोली हार्यो । फ्रान्सले अब सेमिफाइनलमा मोरक्कोसँग खेल्नेछ ।

गएराति भएको तेस्रो क्वाटरफाइनलमा मोरक्कोले पोर्चुगललाई १–० गोलले पराजित गर्यो । मोरक्कोका युसुफ एन नेसरीले खेलको ४२औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । खेलको दोस्रो हाफमा पोर्चुगलले क्रिस्टियानो रोनाल्डोलाई मैदान प्रवेश गराएको भए पनि उनले टोलीलाई खेलमा फर्काउन सकेनन् ।

अल थुमामा मैदानमा पोर्चुगललाई हराएको मोरक्को विश्व कपको अन्तिम चारमा प्रवेश गर्ने पहिलो अफ्रिकी देश समेत बनेको छ । क्रोएसिया र अर्जेन्टिना यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार