वैशाख १६, २०८१ आइतबार April 28, 2024

राप्रापको केन्द्रीय समिति भंग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । कमल थापा अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समिति भंग गरिएको छ । पार्टीलाई नयाँ ढंगबाट अघि बढाउने प्रयोजका लागि भन्दै केन्द्रीय पदाधिकारीलाई सोमबारदेखि पदमुक्त गरिएको राप्रपाले जनाएको छ । संशोधित विधानको भावनानुरुप पार्टीलाई अघि बढाउन पदाधिकारी तथा केन्द्रीय समिति विघटन गरिएको हो ।

पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संशोधित विधान परिमार्जनसहित अनुमोदन गरेको प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो ।

नयाँ विधानअनुसार पार्टीको महाधिवेशन प्रतिनिधि सक्रिय सदस्यबाट चयन हुने व्यवस्था गरिएको छ । केन्द्रीय कार्यसमिति भने २ सय ७७ सदस्यीय हुने व्यवस्था छ ।

प्रत्येक जिल्लाबाट कम्तीमा एक एकको केन्द्रीय कार्यसमितिमा अनिवार्य प्रतिनिधित्वको सुनिश्चितता हुने गरी निर्वाचन हुने व्यवस्था छ । विधानमा उल्लेख भएका पदाधिकारीमध्ये ५० प्रतिशत महाधिबेशनबाट निर्वाचित हुने र ५० प्रतिशत अध्यक्षबाटमनोनयन हुने व्यवस्था छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुर्तीजन्य वस्तुको कर वृद्धि रोक्न सरकार र उत्पादकहरूको साँठगाँठ !
२०८१ वैशाख १६, आइतबार
बालमन्दिर जग्गा अनियमितता प्रकरण : वृहस्पतिसँग भएको ५२ वर्षे अवैध सम्झौता रद्ध
२०८१ वैशाख १६, आइतबार
नागार्जुन नगरपालिका भित्रका सबै सामुदायिक विद्यालयमा निःशुल्क शिक्षा
२०८१ वैशाख १६, आइतबार
इङलिश प्रिमियर लिग : बराबरीमा रोकियो लिभरपुल, उपाधि दौडमा धक्का
२०८१ वैशाख १६, आइतबार
फर्टिलिटी सोसाइटीको अध्यक्षमा पुनः डा. रिजाल सर्वसम्मत
२०८१ वैशाख १६, आइतबार
राष्ट्रिय महिला भलिबल प्रतियोगिता : एपीएफ छैटौंपटक च्याम्पियन
२०८१ वैशाख १६, आइतबार
सुर्य भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् आजको दैनिक राशिफल
२०८१ वैशाख १६, आइतबार